Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल शिक्षक संघको ९ औँ जिल्ला अधिवेशन कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ५,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०५ चैत । “गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता, पेसागत हितका लागि नेपाल शिक्षक संघमा आबद्धता” मूल नाराको साथ नेपाल शिक्षक सङ्घको ९ औँ जिल्ला अधिवेशन २०७९ कार्यक्रम उद्घाटनको सत्र सुरु भएको छ। सो उद्घाटन सत्रमा वीरगन्ज महानगर पालिका उप-प्रमुख इम्तियाज आलमले शिक्षा क्षेत्रमा शिक्षकहरुको ठूलो योगदान रहेको बताउनु भएको छ ।

आलमले भन्नुभयो, “कुनै बेला पनि कुनै ठाउँमा मेरो आवश्यकता परेको बेला म सँग सम्पर्क गर्न सक्नु हुने छ। तपाईँहरु को काँधमा काँध मिलाएर अघि बढ्छु । तपाईँहरुको सहयोगको लागि जहिले पनि तत्पर रहने छु।”

उद्घाटन कार्यक्रमको सभापतित्व नेपाल शिक्षक संघका अध्यक्ष प्रदिप कुमार जयसवाल रहनु भएको थियो भने प्रमुख अतिथिमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधेस प्रदेशका प्रदेश इन्चार्ज तथा क्षेत्र नम्बर ४ का सांसद माननीय रमेश रिजाल, विशिष्ट अतिथिमा विधायक जनार्दन सिंह क्षेत्री, विधायक शङ्कर प्रसाद चौधरी, वीरगन्ज महानगर पालिकाका उप-प्रमुख इम्तियाज आलम, नेपाली काँग्रेसका जिल्ला उपाध्यक्षमा रामनारायण कुर्मी, अशोक गुप्ता, नेपाली काँग्रेसका जिल्ला सहसचिव नवीन सिंह, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकांत यादव लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा सांसद रमेश रिजाल र विधायक जनार्दन सिंह क्षेत्रीलाई सम्मान गरिएको थियो भने पूर्व नेपाल शिक्षक संघहरुलाई सम्मान गरेको थियो। यसै गर्यक्रममा अवकाश प्राप्त शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो। त्यसै गरी महानगर पालिकाका उप-प्रमुख इम्तियाज आलमलाई सम्मान गरिए थियो। नगरपालिका र पालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

स्वागत मन्तव्य नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष कोपिला कँडेल चौरसियाले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन अशोक कुमार साहले गर्नुभएको थियो । कार्यक्रममा साना साना नानीहरुले निर्त्य गरेका थिए। उक्त कार्यक्रमको जानकारी वीरगन्ज महानगर पालिकाका उप-प्रमुख इम्तियाज आलमका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ चैत्र ५,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ चैत्र ५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद