Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

चिनी मिलले उखु खरिद नगर्दा पर्साका किसानहरु समस्यामा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२६फागुन । चिनी मिलले उखु खरिद गर्न ढिलाइ गर्दा पर्साका किसानको करिब ८ सय बिघामा लगाएको उखु खेतमै छ । गर्मी बढ्सेँगै उखुमा रसको मात्रा घट्दै जाने भएकाले उखु किसान झन् सकसमा छन् ।

किसान संघ पर्साका अध्यक्ष असर्फी साह जिल्लामा यस वर्ष ४ हजार २ सय बिघामा उखु खेती भएको छ । अझै करिब १५ देखि २० प्रतिशत उखु बाली खेतमै रहेको उनले जनाए ।

किसानले बाराको रिलायन्स र रौतहटको बाबा बैजुनाथ सुगर मिलमा उखु बेच्दै आएका थिए । तर, गत सातादेखि बारा प्रशासनले पर्सा र बाराका किसानलाई रौतहटमा उखु लग्नमा रोक लगाएपछि रिलायन्स सुगर मिलको चलानको प्रतीक्षा गर्नुको विकल्प नरहेको उनले बताए । ‘रिलायन्सले समयमा चलान दिँदैन,’ अध्यक्ष साहले भने, ‘उखु लिएर उद्योगमा गएको ट्याक्टर खाली गरेर पठाउनै ३÷४ दिन लगाइदिन्छ, यस्तो अवस्थामा हामीले कसरी समयमा उखु काट्ने ।’

उखु किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरूम राउतले रिलायन्स सुगर मिलबाट चलान पाउनै ढिलो भइरहेको गुनासो गरे । ‘गर्मी दैनिक बढ्दो छ, यस्तो अवस्थामा हामीलाई नोक्सान भइरहेको छ,’ उनले भने, ‘अब उखुमा पानीको मात्रा घट्ने र रस मात्र बस्ने भएकाले उद्योगलाई मात्र फाइदा हुन्छ, आउँदो डेढ साताभित्र सबै उखु नकाटिए उखुको रस झनै बढी सुक्छ ।’ समितिका सचिव रिलायन्स सुगर मिलको आन्तरिक व्यवस्थापनमा रहेको समस्याको कारण पर्साका किसानले समयमा उखु काटन र बिक्री गर्न नपाएको बताए ।

‘रिलायन्सले समयमा चलान नदिने र उद्योगमा लगेको उखु पनि समयमा तौल गरेर ट्याक्टर खाली नगरि दिने समस्या त छँदै छ,’ उनले भने, ‘त्यसमाथि हामीले रौतहटको बाबा बैजुनाथ सुगर मिलमा उखु लग्न खोज्दा रिलायन्सले बारा प्रशासनलाई आग्रह गरेर रौतहट उखु लग्नमा रोक लगाइदियो ।’ साहले उखुमा लागेको रेड रट रोगको कारण पनि धेरै किसानले आफ्नो बाली काटन नपाएको बताए । यो रोग लागेको बाली काटेर चिनी मिल लग्दा लागतको २५ प्रतिशत पनि प्रतिफल नआउने भएकाले धेरै किसानले बाली नै काटन नचाहेको उनले बताए ।

रिलायन्स सुगर मिलले यस वर्ष सिफारिस गरेको सिओजि २३८ जातको उखु बालीमा यो समस्या देखिएको तर उद्योग व्यवस्थापनले त्यसको जिम्मेवारी वहन समेत नगरेको उनले गुनासो गरे । ‘बढी प्रतिफल आउने आशामा हामीले उद्योगले सिफारिस गरेको जातको बाली लगायौं,’ उनले भने, ‘तर यही बालीमा रोगको प्रकोप देखियो, अब उद्योग व्यवस्थापनसँग क्षतिपूर्ति माग्दा बोल्दैन ।’ रेड रट रोग लागेर टुप्पोबाट उखु बाली सुक्दै उखुको लाँक्रा रातो भएर यसको रस नै सुक्न जान्छ । यो रोगलाई उखु बालीको क्यान्सर मानिन्छ । साभार : कान्तिपुर/शंकर आचार्य

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग
मुख्य समाचार

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग

प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
पर्सा–३ मा चुनावी सरगर्मी बढ्दै: एमाले उम्मेदवार रूपेश पाण्डेद्वारा कांग्रेस उम्मेदवार चौधरीको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया
मुख्य समाचार

पर्सा–३ मा चुनावी सरगर्मी बढ्दै: एमाले उम्मेदवार रूपेश पाण्डेद्वारा कांग्रेस उम्मेदवार चौधरीको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया

प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद