Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

वीरगञ्जमा खुल्यो हिलीङ टच स्पा एण्ड रीट्रीट

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २६ फागुन । वीरगञ्जमा शुक्रबारदेखि सञ्चालनमा आएको हिलीङ टच स्पा एण्ड रीट्रीटको पूर्वमन्त्री एवम् सङ्घीय सांसद् प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संयुक्त रुपमा उदघाटन गरेका छन् ।

यहाँको लोहारपट्टी रोडस्थित आरबी कम्प्लेक्सको पाँचौं तल्लमा सञ्चालनमा आएको स्पा एण्ड रीट्रीटको एक कार्यक्रम बीच पूर्वमन्त्री यादव र प्रमुख सिंहले संयुक्त रपमा रिबन काटेर उदघाटन गरेका हुन् ।

उदघाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवम् पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद् यादवले वीरगञ्जमै पारिवारिक स्पा खुलेपछि यस्तो सेवा लिनका निमित्त काठमाडौँ र पोखरा जस्तो सहर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले स्पा प्रति समाजले निर्माण गरेको नकारात्मक छवीलाई अन्त्य गर्नुपर्ने आवश्यक रहेको बताए । उनले भने, ‘स्पा प्रति समाजमा एउटा नकारात्मक छवी निर्माण गरिएको छ । हामीलाई यसको अन्त्य गर्न जरुरी छ । यसलाई सामान्य सेवाको रुपमा लिनुपर्छ र वीरगञ्ज जस्तो सहरमा यस्ता नयाँ व्यवसायलाई प्रोत्साहन पनि गर्नुपर्छ ।’

त्यस्तै महानगरप्रमुख सिंहले वीरगञ्जलाई आधुनिक शहर बनाउने आफ्नो प्रयासलाई यस्ता नौलो उद्यम र व्यवसायले ठूलो सहयोग पुर्‍याइरहेको बताए । उनले यहाँ खुलेका यस्ता नयाँ व्यवसायलाई महानगरले सधै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । सिंहले स्पा चिकित्सकीय हिसाबले पनि महत्वपूर्ण रहेको बताउँदै अनुहारको मात्र हेरचाह नगरेर सबैले शरिरको पनि केयर गर्न सुझाव दिए । उनले मसाज, स्पा, ध्यानले मानिसलाई तनाबमुक्त बनाउन सहयोग गर्ने बताए ।

यूनिसेक्स सलुनको समेत सुविधा रहेको स्पामा कटिवस्ती, जीउ तथा हात खुट्टाको मसाज, सौना, बडी, स्क्रब, डिप सेन्स मसाज, फुट बाथ, ज्याकुजी, मसाज, स्टिम वाथ, फुट मसाज, फिस फुट मसाजलगायतका सेवा रहेको सञ्चालक रोशन गुप्ताले जानकारी दिए ।

सुमधुर संगीतमय, शान्त, प्राकृतिक सुगन्धयुक्त र सकारात्मक भाव जगाउने वातावरण स्पामा रहेको गुप्ताको भनाई छ । उनले मधेश प्रदेशमै पहिलो पटक पारिवारिकका सदस्यहरुसँग समेत आउन मिल्ने स्पा आफूहरुले सञ्चालन गरेको दावी समेत गरे । स्पामा प्रत्यक्ष रुपमा १० जनाले रोजगारीसमेत पाएको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद