Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

लिटिल फ्लावर बन्यो प्याब्सन जुनियर फुटबलको विजेता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १४,आईतवार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज, १४ फागुन
लिटिल फ्लावर स्कूल प्याब्सन जुनियर नकआउट फुटबल टुर्नामेण्ट २०७९ को विजेता बनेको छ । फाईनल खेलमा मुनलाईट माविलाई ३–१ स्तब्ध पार्दै लिटिल फ्लावर विजेता बनेको हो ।

आईतबार नारायणी रंगशालामा भएको खेलमा लिटिल फ्लावरले मुनलाईटलाई ३–१ ले पराजित गरेपछि यसवर्षको प्याब्सन जुनियर फुटबलको विजेता बनेको छ । फाईनल खेलको पहिलो हाफमा मुनलाईटले १ गोल गरेर अग्रता लिएपछि उसको अग्रता धेरै बेर टिक्न सकेन । लगत्तै पहिलो हाफमै लिटिल फ्लावरले लगालग २ गोल फर्काएपछि मुनलाईट दबाब परेको थियो । यस्तै, दोस्रो हाफ पनि लिटिल फ्लावरले थप १ गोल गरेपछि फाईनल खेल वन साइडेड बन्न पुुगेको थियो ।

प्रतियोगिताका विजेता र उपविजेतालाई समापन समारोहका प्रमुख अतिथि प्याब्सनको मधेश प्रदेशका अध्यक्ष दिपक गौतम, अन्र्तराष्ट्रिय रेफ्री गजेन्द्रमान सिंह, पर्सा फुटबल संघका अध्यक्ष रोशन गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य तुलसी भण्डारी लगायतले मेडल र ट्रफी वितरण गरे । प्याब्सनका बीरगन्ज नगर अध्यक्ष आलोक चौरसियालको सभापतित्वमा भएको कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, प्याब्सन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी, बीरगन्ज युवा समाजका अध्यक्ष संजीव थापा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिति रहेको प्रतियोगिताका संयोजक सुरजबाबु पटेलले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

रसुवा बाढीपछि परवानीपुर  ५ बहुअरी का नमो नारायण सिंहसहित १५ जना सम्पर्कविहीन
मुख्य समाचार

रसुवा बाढीपछि परवानीपुर ५ बहुअरी का नमो नारायण सिंहसहित १५ जना सम्पर्कविहीन

प्रकाशित : २०७९ फाल्गुन १४,आईतवार
वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ फाल्गुन १४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद