Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

साउथ जोनले उचाल्यो पहिलो बीरगन्ज मेयर कप फुटबलको उपाधि

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज, १३ फागुन । साउथ जोन माध्यमिक विद्यालयले बीरगन्जको पहिलो मेयर केशरमान मानन्धरको स्मृतिमा सन्चालित अन्तर विद्यालय नकआउट फुटबल टुर्नामेन्ट २०७९ को उपाधि उचालेको छ । शनिबार बीरगन्जस्थित आदर्शनगर रंगशालामा सम्पन्न फाईनल खेलमा मुनलाईट माविलाई टाई बे्रकरमा ४–१ ले पराजित गर्दै साउथ जोनले उपाधि उचालेको हो ।

पहिलो हाफमा मुनलाईटलाई दबाबमा राख्दै साउथ जोनका रोहनराज श्रेष्ठले एक गोल गरेका थिए । तर दोस्रो हाफको शुरुवातदेखि नै साउथ जोनलाई दबाबमा राख्न सफल भएको मुनलाईटले इन्जुरी समयमा एक गोल फर्काएपछि साउथ जोनले अग्रता गुमाएको थियो । दोस्रो हाफमा मुनलाईटले उत्कृत्ट खेल प्रदर्शन गरे पनि टाई ब्रेकरमा साउथ जोनले ४–१ को स्कोर बनाएपछि उसले उप–विजेतामा चित्त बुझाउनु प¥यो ।

फाईनल खेलको म्यान अफ द म्यान साउथ जोनका रोहनराज श्रेष्ठ घोषित भए । यस्तै, प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका मुनलाईटका रितेश चौधरी बेस्ट डिफेन्डर, साउथ जोनका सावन चौधरी बेस्ट गोलकिप्पर र साउथ जोनका रोशन चौधरीले म्यान अफ द सिरिजको उपाधि पाए ।

यसअघि, भेट्रान्स सिटी क्लब बीरगन्जको आयोजनामा गत फागुन ७ गतेदेखि शुरु भएको सो प्रतियोगितामा फाईनल खेलको उद्घाटन बीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले गरेका थिए । क्लबका कोषाध्यक्ष सुबोध श्रीवास्तावको अध्यक्षतामा भएको सो प्रतियोगिताका समापन समारोहमा बीरगन्जबाट फुटबल खेलेर बीरगन्जको शान र मान राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा ब ढाएकोमा कदर स्वरुप मनोज भट्राईलाई मेयर सिंहले प्रशंसा पत्रले सम्मान गरे । समापन समारोह क्लबका संस्थापक सचिव विनोद परियारको सहजीकरणमा भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न
खेलकुद

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु
खेलकुद

बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु

प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद