Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज कारागार जीर्ण भइसकेकाले तत्काल सुधारको आवश्यकता छ – पूर्वमन्त्री यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ९,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ९ फागुन । पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगञ्ज कारागारको भौतिक अवस्था जीर्ण भएकाले त्यसको सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

मंगलबार आफै कारागारको स्थलगत निरिक्षण गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य ९सांसद्० समेत रहेका यादवले सुरक्षा र मानवअधिकारका दृष्टिकोणले पनि कारागारको अवस्थामा सुधार ल्याउन आवश्यक भएको बताएका हुन् ।

पूर्वमन्त्री यादवले ८ दशक पहिले निर्माण भएको कारागारको संरचना निक्कै पुरानो भइ जीर्ण अवस्थामा पुगिसकोले यसले कारगारकार भित्र रहेका कैदीबन्दी मात्र नभइ त्यहा कार्यरत सुरक्षाकर्मी र कर्मचारी पनि जोखिममा रहेको बताए । कारागारको सुरक्षाकर्मी बस्ने पोष्ट पनि भत्किने अवस्थामा पुगिसकेको अवस्था रहेको भन्दै यादवले मानव अधिकारको दृष्टिकोणले पनि कारागारको अवस्थामा सुधार ल्याउन आवश्यक भएको बताए ।

अनुगमनका क्रममा कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी रहेको पाइएको भन्दै यादवले भने ,‘ तत्कालै कारागारको लागि नयाँ संरचनाको आवश्यकता छ, यदि त्यो सम्भव नभए हालकै भौतिक संरचनामा सुधार ल्याएर कैदीबन्दीको मानवाधिकारलाई सुरक्षित गर्ने तर्फ ध्यान दिनुपर्ने हुन्छ ।

उनले निरिक्षणमा सँगै रहेका वीरगञ्ज महानगरपालिकाका प्राविधिक सल्लाहकारलाई यस विषयमा काम गर्न निर्देशन पनि गरे । यसका साथै जीर्ण वीरगञ्ज कारागारका बारेमा संसद्मा आवाज उठाएर समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

यादवले कारागार निरिक्षण गर्ने क्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, कारागार प्रशासनका कर्मचारी, वीरगञ्ज महानगरपालिकाका कर्मचारी, कारागारका सुरक्षाकर्मी लगायतको पनि सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ फाल्गुन ९,मंगलवार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ फाल्गुन ९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद