Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राष्ट्रपति भण्डारी चार वर्षपछि मकवानपुर आउँदै, हेटौंडा अस्पतालको नयाँ भवनको उद्घाटन गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ९,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा,०८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक कार्यक्रममा सहभागी हुन आज हेटौंडा आउने भएकी छन्। भण्डारी चार वर्षपछि मकवानपुर आउन लागेकी हुन्।

प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पचालको नवनिर्मित भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी आउने तय भएको प्रतिष्ठानले जानकारी दिएको छ। राष्ट्रपति भण्डारी १२ बजे हेलिकप्टरमा हेटौंडा आउने र अस्पताल भवनको उद्घाटनपश्चात पुनः काठमाडौं फर्किने जनाइएको छ।

प्रतिष्ठानले ४५ करोड रुपैयाँ लागतमा अस्पतालको भवन निर्माण गरेको थियो। भवन निर्माणसँगै अस्पताललाई पुरानो भवनबाट सारिएको छ। नयाँ भवन निर्माण भएसँगै हेटौंडा अस्पतालले आफ्ना सेवा र जनशक्ति थप गरेर उपचारलाई गुणस्तरिय बनाउँदै लगेको जनाएको छ।

अस्पतालको सेवालाई प्रभावकारी बनाउन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालका लागि कार्यालय सहयोगीदेखि डाक्टरसम्मका जनशक्ति उपलब्ध गराउने, उपचारका लागि विभिन्न प्रविधिहरु जडान गर्ने लगायतका काम गर्दै आएको छ।

हाल अस्पतालमा १७ बेडको आइसीयू , २० बेडको एचडीयू , ६ बेडको डायलासिस सेवा सञ्चालनमा रहेको छ। अस्पतालले पाँच सय बेडका लागि पर्याप्त हुने अक्सिजन प्लान्ट जडान गरेको छ।

अस्पतालका अनुसार हाल दैनिक ७/८ सय बिरामीहरुले सेवा लिने गरेका छन्। अस्पतालमा तत्कालीन विकास समितिको ६० शय्या र सरकारको ५० शय्या, नयाँ भवनको ७० शय्या तथा अतिरिक्त २० शय्या थप गरी २०० शय्या सञ्चालन रहेको छ।

अस्पतालमा नाक, कान, घाँटी, बालरोग, स्त्रीरोग, छालालगायत बिरामीका लागि विशेषज्ञ सेवा प्रदान गर्दै आएको हेटौंडा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ फाल्गुन ९,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ फाल्गुन ९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद