Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मिथिलाञ्चलको प्रसिद्ध धार्मिक यात्रा मध्यमा परिक्रमा साेमबारदेखि सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ८,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०८ फागुन ।  मिथिलाञ्चलको प्रसिद्ध धार्मिक यात्रा मध्यमा परिक्रमा साेमबारदेखि सुरु भएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मठबाट भगवान श्रीरामको डोला निकालेसँगै पदयात्रा सुरु भएको हो । जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजीको डोला र मिथिला बिहारीबाट श्रीरामको डोला निकालेपछि १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गर्ने गरिन्छ ।

१५ दिने मिथिला मध्यमा परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानमा पदयात्री भक्तजनहरु पुग्ने गर्छन् । त्यस मध्ये नेपालमा १ सय ७ किलोमिटर र भारतमा २६ किलोमिटर गरी १ सय ३३ किलोमिटरको यात्रा तय गरिन्छ ।

साेमबार कचुरीबाट निस्केका पदयात्रीहरु साेमबार साँझ जनकपुर धामको हनुमाननगरमा पुगेर विश्राम गर्ने भएका छन् । उनीहरु मंगलबार भारतको कल्याणेश्वर जाने भएका छन् । भारतका कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने गरिन्छ ।

पुनः भारतको करुणा र विशौल लगायतका धार्मिक स्थल हुँदै १४ औँ दिनमा जनकपुरधाम फर्कने प्रचलन रहेकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ फाल्गुन ८,सोमबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ फाल्गुन ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद