Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धार्मिक सम्पदा जोगाउदै वीरगन्ज महानगर : पिपराको पशुपतिनाथ मन्दिरमा महाआरती

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०२ फागुन । वीरगन्ज महानगरपालिका वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीयको सहयोगमा वीरगन्ज महानगरपालिकाले अग्रसरता लिएको छ ।

काठमाण्डौको पशुपतिनाथ मन्दिरमा रहेको शीवलिङ्ग जस्तै पन्चमुखी शीवलिङ्ग रहेको काठमाण्डौ बाहेक देशभरमै एक मात्र रहेको पिपराको पशुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनका लागि वीरगन्ज महानगरपालिकाले अग्रसरता लिएको हो ।

त्यसका लागि महानगरले पशुपतिनाथ मन्दिर र मन्दिर परिसरको सौन्दर्यकरणको काम थालिसकेको छ । यसका साथै मन्दिर परिसरमा सोमबार बेलुकी महाआरती पनि सम्पन्न भएको छ ।

सोमबार बेलुकी आयोजित महाआरतीमा काशी विश्वनाथका मुख्य पूजारी पण्डित डा। श्रीकान्त मिश्र र जनकपुरधामको जानकी मन्दिरका महन्थ रोशन दास पनि सहभागी थिए । महाआरतीमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , उपमेयर इम्तियाज आलम,हिन्दुवादी अगुवा , समाजसेवी ,उद्योगी व्यवसायीका साथै स्थानीय पनि उल्लेख्य संख्यामा सहभागि भएका थिए । महाआरति अघि मन्दिर परिसरमै भव्य प्रवचन समारोहको पनि आयोजना गरिएको थियो ।पशुपतिनाथ मन्दिरमा अब हरेक सोमबार साँझ आरती समारोह विश्व हिन्दु परिषदका अगुवा रन्जित सर्राफले बताए ।

वीरगन्जलाई धार्मीक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगन्ज महानगरपालिकाले अभियान नै सन्चालन गरिरहेको छ । त्यहि अभियान अन्तर्गत नै पिपराको पशुपतिनाथ मन्दिर सौन्दर्यकरण गर्न थालिएको वीरगन्जका मेयर राजेशमान सिंहले बताए ।

तराई मधेसमै एक मात्र रहेको पशुपतिनाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुबै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर सोमबार बेलुकी महाआरती गरिएको उनले बताए ।

उनले भने ,‘ अहिले तत्कालै हामीले मन्दिर परिसरको सरसफाइ गरेर मन्दिरलाई सिंगारेका छौ , बत्तीहरु जडान गरेका छौ , नियमित पूजापाठका लागि पूजारीको व्यवस्था पनि गरिसकेका छौ , अब थप बजेट व्यवस्थापन गरेर मन्दिर परिसरलाई पार्कका रुपमा निर्माण पनि गर्छौ ।

काठमाण्डौ स्थित पशुपतिनाथ मन्दिर सम्म जान नसक्ने भक्तजनहरुले यहि मन्दिरमा पुगेर पूजाअर्चना र दर्शन गर्न सक्ने गरि यसलाई मधेस प्रदेशकै प्रमुख धार्मिक स्थलका रुपमा स्थापित गर्ने योजनाका साथ महानगरले काम अगाडि बढाइसकेको मेयर सिंहले बताए ।

पिपराका स्थानीयवासी समेत रहेका वरिष्ठ पत्रकार चन्द्रकिशोरले झण्डै चार दशक भन्दा पुरानो पिपराको पशुपतिनाथ मन्दिर , काठमाण्डौको पशुपतिनाथ मन्दिरकै स्वरुप र प्रकृतिमा रहेको बताए ।

उनले भने ,‘ काठमाण्डौको पशुपतिनाथ मन्दिरमा जुन स्वरुपको पन्चमुखी शीवलिङग् छ , त्यहि स्वरुपको पन्चमुखी शीवलिङ्ग यो पिपराको पशुपतिनाथ मन्दिरमा पनि छ , यस्तै काठमाण्डौको जस्तै मन्दिरको ठिक सामुन्ने विशाल नन्दीको शालिक यहाँ पनि छ ।

नेपालमा काठमाण्डौ बाहेक पशुपतिनाथको मन्दिर पिपरामा मात्रै रहेको पनि उनले बताए । मुलुकको प्रमुख प्रवेशद्वार वीरगन्जको पिपरामा अवस्थित पशुपतिनाथ मन्दिर र यसको पौराणिक महत्व बारे व्यापक प्रचार प्रसार गर्न सकिए यो मन्दिर वीरगन्जको मात्र नभइ मधेस प्रदेशकै प्रमुख धार्मिक गन्तव्य स्थल बन्ने सक्ने चन्द्रकिशोरले बताए ।

काठमाण्डौको पशुपतिनाथ मन्दिरसंग पिपराको पशुपतिनाथ मन्दर बिच पौराणिक सम्बन्ध पनि रहेको उनले बताए । उनले भने ,‘ शीवरात्रीमा भारतबाट आउने भारतीय भक्तजनहरु पहिले सडक र यातायातको सहज सुविधा नहुदा काठमाण्डौसंग पुग्न सक्दैनथे , त्यो बेला उनिहरु यहि पिपराको पशुपतिनाथ मन्दिरमा आएर पुजापाठ र दर्शन गरेर फर्किन्थे ।

पिपराको पशुपतिनाथ मन्दिरको संरक्षण र सौन्दर्यकरण गर्दै धार्मिक गन्तव्यस्थल बनाउन महानगरले अभियान थालेको भएपनि मन्दिर भएको जग्गा नेपाल सरकारको स्वामित्वमा भएका कारणले महानगर सामु केहि चुनौती छख । त्यस कारण मन्दिर भएको जग्गाको स्वामित्व नेपाल सरकारले महानगरलाई हस्तान्तरण गर्नु पर्ने वरिष्ठ पत्रकार चन्द्रकिशोर बताउछन् ।

उनले भने ,‘ पिपराको पशुपतिनाथ मन्दिर , वीरगन्ज शहरको धार्मिक सम्पदा पनि हो ,र महानगरले यसको संरक्षण र सम्बद्र्धनका लागि अग्रसरता लिइसकेको अवस्थामा यो जग्गाको स्वामित्व सरकारले महानगरलार्य दियो भने यो पुनित कार्यमा महानगरलाई अझ धेरै सजह हुनेछ ।

किनकि वीरगन्ज महानगरमा रहेका थुप्रै सार्वजनिक जग्गा र धार्मिक सम्पदाहरु अतिक्रमणमा परिसकेको अवस्था रहेकाले त्यसलाई जोगाउनका लागि पनि सरकारले ती सार्वजनिक सम्पदाको स्वामित्व महानगरपालिकालाई दिनु पर्ने उनी बताउछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

लोकतन्त्रको संरक्षणका लागि कुनै बलिदानबाट पछि हट्दिनँ : रुङटा
राजनिती

लोकतन्त्रको संरक्षणका लागि कुनै बलिदानबाट पछि हट्दिनँ : रुङटा

प्रकाशित : २०७९ फाल्गुन २,मंगलवार
युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह
मुख्य समाचार

युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह

प्रकाशित : २०७९ फाल्गुन २,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद