Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जमा घरको ताल्चा फुटाएर १२ लाख भन्दा बढिको धनमाल चोरी गर्ने एक भारतीय पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २५,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,२५ माघ । वीरगन्जमा घरको ताल्चा फुटाएर १२ लाख भन्दा बढिको धनमाल चोरी गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत बिहारको सितामढी जिल्ला सुगौली घर भई हाल वीरगन्ज १३ मा डेरा गरि बस्दै आएका २० वर्षिय राजु आलम भन्ने फैयाज आलम रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नबर १२ का ५५ वर्षिय कपिल प्रसाद रौनियार माघ ७ गते कामको सिलसिलामा काठमाण्डौ गएका थिए । त्यहि दिन उनको दुइ तल्ले घरमा कोही नभएको मौका छोपी घरको मूलढोकाको ताल्चा फुटाइ घरमा प्रवेश गरी घरमा रहेको नगद १ लाख तथा ११ लाख १० हजार मुल्यका गरगहना र कम्प्युटर गरि १२ लाख १० हजार बराबरको धनमाल चोरी भएको थियो ।

घरमा भएको चोरीको घटना बारे घरधनी रौनियारले प्रहरीमा उजुरी गरेपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक डिल्लीराज सापकोटा नेतृत्वको टोलीले चोरीमा संलग्न भारतीय युवक आलमलाई गत सोमबार वीरगन्ज १३ बाट पक्राउ गरेको हो । आलमको डेरा खानतलाशी गर्दा रौनियारको घरबाट चोरी भएको सामान मध्ये कम्प्युटर २ थान , क्यामेरा १ थान, घडी १ थान र केहि गरगहनाहरू फेला परेको प्रहरी नायब उपरीक्षक दिपक गिरिले बताए ।

पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनि विरुद्द चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भैरहेको गिरिले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०७९ माघ २५,बुधबार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०७९ माघ २५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद