Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

काठमाडौं उपत्यकाको ३ ठाउँमा देखियो बर्डफ्लू

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २३,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : काठमाडौं उपत्यकाका ३ ठाउँमा बर्डफ्लू संक्रमण देखिएको छ। बर्डफ्लू देखिएका तीनै ठाउँका संक्रमित सबै पक्षी नष्ट गरिएको छ।

ललितपुरस्थित कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान फार्ममा राखिएका टर्की जातको पक्षीमा बर्डफ्लू संक्रमण देखिएपछि त्यहाँ रहेका सबै टर्की नष्ट गरिएको केन्द्रका पशुविज्ञ डा रामप्रकाश प्रधानले जानकारी दिए।

नार्कको अनुसन्धान केन्द्रबाहेक काठमाडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर १ र ७ मा पनि बर्डफ्लूको संक्रमण पुष्टि भएको छ।

नार्गाजुन नगरपालिका-६ रामकोटको एउटा कुखुरा फार्ममा पनि संक्रमण पुष्टि भएपछि संक्रमित सबै कुखुरालगायत सबै पक्षी आजै नष्ट गरिसकिएको नार्कका डा प्रधानले बताए।

नागार्जुनमा रहेको फार्मबाट २५ हप्ताका १ हजार २७० लेयर्स कुखुरा, ४० हप्ताका ३ हजार ३२१ अन्यसमेत गरी ४ हजार ५९१ कुखुरा नष्ट गरिएका छन्। सोही फार्ममा कुखुराका २ हजार २५५ अण्डासमेत नष्ट गरिएको छ।

काठमाडौंको तारकेश्वर नगरपालिका-१ स्थित रहेको फार्मका ३ महिनाका ४६२ लोकल कुखुराका चल्ला र ५०८ ओटा हाँस पनि नष्ट गरिएका छन्। सोही फार्ममा रहेको २ सय केजी दानासमेत नष्ट गरिएको छ।

तारकेश्वर नगरपालिका-७ मा रहेको फार्मबाट ९४० कुखुरा, ५ हजार ४६० अण्डा र १ हजार केजी दाना नष्ट गरिएको छ। अहिले यी ३ ठाउँबाहेक अन्य ठाउँमा बर्डफ्लू नरहेको र यी ३ ठाउँमा नियन्त्रणमा आइसकेकाले उपभोक्तालाई त्रास नलिनसमेत डा प्रधानले आग्रह गरे।

सन् १९९५ मा नेपालमा पहिलो पटक बर्डफ्लू देखिएयता अहिलेसम्म कुनै मानिसको मृत्यु नभएकाले नआत्तिन डा प्रधानले सबैसँग आग्रह गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया
मुख्य समाचार

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया

प्रकाशित : २०७९ माघ २३,सोमबार
वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ माघ २३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद