Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

साउथ जोनले उचाल्यो प्याब्सन टि – 20 क्रिकेटको उपाधि

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १४,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा सम्पन्न प्याब्सन अन्तर विद्यालय नकआउट टी–२० क्रिकेट प्रतियोगिताको उपाधि साउथ जोन माध्यमिक विद्यालयले जितेको छ । मनकामना माविलाई १८ रनले पराजित गर्दै साउथ जोनले उपाधि जितेको हो । आदर्शनगर रंगशालामा शनिबार भएको खेलमा टस जितेर साउथ जोनले टस जितेर ब्याटिङ रोजेको थियो । उसले पुरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ४२ रन जोडेको थियो । १ सय ४३ रनको लक्ष्य पाएको मनकामना माविले १८ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर १ सय २४ रन मात्रै जोड्न सक्यो । साउथ जोनले गौतम माविलाई तीन विकेटले हराउँदै र मनकामनाले एमईएस माविलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेका थिए ।प्रतियोगितामा १ सय ६ बल खेलेर १ सय २५ रन जोड्नुको साथै ६ विकेट समेत लिन सफल साउथ जोनका चन्दन राम म्यान अफदि टुर्नामेन्ट घोषित भए । ३ खेलमा ९८ बल खेलेर ५ छक्का, २३ चौका सहित १ सय ५२ रन बनाउन सफल मिनिल्याण्ड माविका सोनु पटेल बेष्ट व्याट्स म्यान र ३ खेलमा ८ दशमलब ५ ओभर बलिङ गरेर ३४ रन दिई १० विकेट लिन सफल मिनिल्याण्डकै नितेश पासवान बेष्ट बलर बने ।समापन समारोहमा पर्सा जिल्लाबाट प्रतिनीधित्व गर्दैै ३५ वर्ष क्रिकेट खेल्नुको साथै पर्सा जिल्ला, मधेस प्रदेश मात्रै नभई राष्ट्रिय टिमको समेत प्रशिक्षक बनेका उमेश उपाध्यलाई सम्मान गरिएको प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए ।प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज गोपाल कार्कीले विजेता, उप विजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरेका थिए । प्रतियोगितामा २५ वटा निजी तथा आवासीय विद्यालय सहभागी भएका थिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न; महाराजगन्ज मेडिकल क्याम्पस प्रथम
खेलकुद

नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न; महाराजगन्ज मेडिकल क्याम्पस प्रथम

प्रकाशित : २०७९ माघ १४,शनिबार
सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ माघ १४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद