Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

सातौं प्याब्सन टी–२० क्रिकेटमा पहिलो मिनील्याण्ड, ज्ञानदा र गौतम विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ७,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ७ माघ । वीरगन्ज जारी सातौं प्याब्सन टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा पहिलो मिनील्याण्ड, ज्ञानदा र गौतम विजयी भएका छन् । सातौं प्याब्सन टी–२० क्रिकेटमा शनिबार भएको पहिलो खेलमा माउन्ट एडमण्ड सेकेण्डरी स्कुललाई ५१ रनले पराजित गर्दैै मिनिल्याण्ड विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको मिनिल्याण्डले पुरै १५ ओभर खेलेर ३ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो ।

१ सय ६२ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको माउन्ट एडमण्डले पुरै १५ ओभर खेल्दा ९ विकेटको क्षतिमा १ सय १० रन मात्रै बनाउन सक्यो । ३५ बलमा ९ चौका, ३ छक्का सहित ६३ रन बटुल्न सफल मिनिल्याण्डका सोनु पटेल म्यान अफ दी म्याच घोषित भए । त्यस्तै शनिबार नै भएको दोस्रो खलेमा ज्ञानदा एकेडेमी विजयी भएको छ ।

ओम नेशनल एकेडेमीलाई ५ विकेटले पराजित गर्दै ज्ञानदा विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको ओम नेशनल एकेडेमीले १२।४ ओभरमा मात्र ८३ रन बनाएर अलआउट भएको थियो । जवाफी ब्याटिङ गरेको ज्ञानदाले १०।३ ओभर खेल्दै मात्र ५ विकेटको नोक्सानीमा निर्धारित लक्ष्य पूरा गरेपछि विजयी भएको हो ।

खेलमा ज्ञानदाका युवराज सर्राफ म्यान अफ द म्याच घोषित भए । यस्तै, शनिबारको तेस्रो खेलमा गौतम मावि विजयी भएको छ । प्रतिस्पर्धी कंचनजंघा माविलाई पराजित गर्दै गौतम मावि विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको कंचनजंघा दिएको झिनो ६० रनको लक्ष्य बिना कुनै विकेटको नोक्सानी २।४ ओभरमै पूरा गरेपछि गौतम विजयी भएको हो । खेलको म्यान अफ द म्याच गौतमका नितेश चौधरी भए ।

प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत आईतबार नकआउट चरणको एउटा खेल हुनेछ । नकआउट चरणको अन्तिम खेलमा आईतबार सेन्ट जेभियर्स मावि र लिटल एन्जल्स माविबीच हुनेछ । यस्तै, आईतबारबाटै प्रि क्वाटरफाईल अन्तर्गतका खेलहरु हुनेछ । आईतबार मनकामना मावि र गोल्डेन फ्युचर मावि तथा मिनील्याण्ड मावि र जीवन ज्योति मावि बीच प्रिक्वाटर फाईनलको खेल हुनेछ ।

प्रतियोगितामा ८ विद्यालयले सिधैं प्रि क्वाटर फाईनल प्रवेशका लागि बाई पाएको प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए । माघ १४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयको सहभागीता छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ माघ ७,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ माघ ७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद