Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विरगंजमा माघ ५ गतेदेखि अन्तर विद्यालय टि–ट्वाण्टी क्रिकेट प्रतियोगिता हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, २ माघ ।पर्साको विरगंज महानगरमा माघ ५ गतेदेखि अन्तर विद्यालय टि–ट्वाण्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सन पर्साको आयोजनामा माघ ५ गतेदेखि अन्तर विद्यालय टि–ट्वाण्टी क्रिकेट प्रतियोगिता हुने भएको हो ।

सोमबार प्याब्सन पर्साले वीरगंजको रामटोल स्थित रहको मूनलाईट माविको परिसरमा पत्रकार सम्मेलन गरेर क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । माघ ५ गते बलिदानी दिवस पनि परेको हुँदा शहिदहरुको सम्मानका लागि क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागिएको प्याब्सन पर्साका अध्यक्ष पूरन प्रधानले जानकारी दिनुभयो ।

प्रतियोगितामा २६ वटा भन्दा बढी विद्यालयका १० कक्षासम्मका विद्यार्थीहरुले भाग लिने छन् । प्रतियोगिताको विजेता टिमले शिल्ड, प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीहरुलाई विधागत रुपमा पुरस्कारको व्यावस्था पनि गरिएको छ । प्रतियोगितामा करिब साढे सात लाख रुपैंया खर्च हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रधानले जानकारी गराउनुभयो ।

प्रधानको अध्यक्षतामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, मधेस प्रदेश अध्यक्ष श्याम केसी, पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, बरिष्ठ सल्लाहाकार डाक्टर हरिशंकर साह, मार्टिन मोक्तान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्याब्सनका प्रवक्ता अशोक संग्रौलाले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ माघ २,सोमबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ माघ २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद