वीरगञ्ज,२४ पुष । भ्रष्टाचार निवारणका लागि अभियान चलाईरहेको युनाइटेड मिसनले सप्तरीको बोदेबर्साइन नगरपालिकामा वडा स्तरीय कमिटी गठन गरेको छ ।
मिसनले शनिबार वडा नम्वर ६ मा महेश राईको अध्यक्षतामा २५ सदस्यिय वडा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा स्रवण कुमार साह, सचिवमा मंजित कुमार यादव, कोषाध्यक्षमा सुमन्त कुमार यादव लगायत रहेका छन् ।
स्वतन्त्र युवाहरुको समूह गठन गरेर भ्रष्टाचारका विरुद्ध आवाज उठाउन समिति गठन गरिएको मिसनका सल्लाहकार मुमताज आलमले जानकारी दिए ।
मिसनले यस अघि नगरपालिकाको वडा नम्वर ३ मा धम्रेन्द्र यादव, वडा नम्वर ८ मा अमलेश ठाकुर र वडा नम्वर ५ मा प्रमोद यादवको अध्यक्षतामा कमिटी गठन गरिसकेको छ । मिसनका नगर अध्यक्ष ओम प्रकाश यादव, नगर कोषाध्यक्ष रामउदगार यादव लगायतको उपस्थितिमा कमिटी गठन भएको हो ।



