Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरले कक्षा ९ र ११ का विद्यार्थीलाई प्रदान गर्यो छात्रवृत्ति

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २०,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२० पुष । वीरगञ्ज महानगरपालिकाले बुधबार कक्षा ९ र ११ का विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

गएको कातिक १९ गते महानगरले लिएको छनौट परीक्षाबाट छानिएका विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच आज छात्रवृत्ति सिफारिस पत्र प्रदान गरिएको हो ।

सिफारिस पत्र प्रदान गर्दै महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुलाई अझै मेहनतका साथ अध्ययन गर्न आग्रह गर्नु भयो ।

उहाँले कसैको सिफारिस र भनसुनमा नभई प्रतिष्पर्धाका आधारमा लिखित परिक्षामा उत्कृष्ट गरेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको पनि बताउनु भयो ।

‘कसैको सिफारिस र भनसुन हामीले सुनेनौँ, जसले आज छात्रवृत्ति प्राप्त गरिरहनु भएको छ उहाँहरुको मेहनत र परिश्रमले प्राप्त गरेको नतिजा नैँ हामीले पस्केका हौँ,’ उहाँले भन्नु भयो ।

आउँदा दिनमा पनि उत्कृष्ट नतिजा हात पार्न अध्ययनमा अझै परिश्रम गर्न विद्यार्थीहरुलाई उहाँले सुझाव दिनुभयो ।

आफूहरुले वीरगञ्जको सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न निरन्तर अनुगमन र निरीक्षण गरिरहेको भन्दै अभिभावकले पनि विद्यालयमा भइरहेका कमिकमजोरीमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले मेहनती र जेहेन्दार विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि महानगरले छात्रवृत्ति उपलब्ध गराएको भन्दै छात्रवृत्तिको सम्मान कायम राखिराख्न अध्ययनमा कमजोरी नगर्न सुझाव दिनुभयो ।

महानगरपालिकाले कक्षा ९ र ११ मा अध्ययन गर्नका लागि ३ सय १८ जनालाई छात्रवृत्ति प्रदान गरेको हो ।

जसमध्ये कक्षा ९ मा ९९ जना र कक्षा ११ मा २१९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति पत्र वितरण गरिएको शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्णले जानकारी दिनुभयो ।

कक्षा ९ मा १५१ जनाले परीक्षा दिएकोमा ११९ जना उत्तीर्ण भएको र ११ मा १ हजार ४१९ जनाले परीक्षा दिएकोमा १ हजार २५५ जना उत्तीर्ण भएका थिए । उत्तीर्ण भएकामध्येबाट उत्कृष्ट विद्यार्थीलाई आज छात्रवृत्ति पत्र प्रदान गरिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष २०,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद