Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

चर्को ब्याज दरका विरुद्ध वीरगञ्ज उद्योग वाणिज्य सङ्घ आन्दोलनमा उत्रिए

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १३,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा निर्देशिका तथा बैंकहरुको चर्को ब्याज दरका विरुद्ध वीरगञ्ज उद्योग वाणिज्य सङ्घ आन्दोलनमा उत्रिएको छ । नेपाल राष्ट्र बैंकको गलत आर्थिक नीतिले बजार व्यवसाय तहसनहस भएको भन्दै सङ्घको नेतृत्वमा उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनको आज चौथो दिन व्यवसायिक प्रतिष्ठान अगाडि चालु पूँजी कर्जा निर्देशिकाको बिरोधमा नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिनुका साथै हातमा कालो पट्टी बाँधी बिरोध जनाएको सङ्घका उपाध्यक्ष हरिप्रसाद गौतमले बताउनु भयो ।
राष्ट्र बैंकको गलत मौद्रिक नीति र फितलो अनुगमनको कारण प्रायः बाणिज्य बैंकहरुले बजारमा तरलताको अभाव देखाएर मनोमानी किसिमले ब्याज वृद्धा तथा विभिन्न नीतिगत जटिलताका विरोधमा आन्दोलन गर्नुपर्ने बाध्यता आएको बताइएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घबाट निस्केको ¥यालीले वीरगञ्ज नगरको परिक्रमा गर्दै राष्ट्र बैंक अगाडि पुगी धर्ना दिएका थिए ।
धर्ना कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ – मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, वीउवासङ्घका पूर्व अध्यक्ष अशोककुमार टेमानी, सचिव आशीष लाठ, होटल व्यवसायी सङ्घका अध्यक्ष हरि पन्त, लुब्रिकेन्ट व्यवसायी सङ्घ, पर्साका अध्यक्ष विकाश ठाकुर, नेपाल औषधि व्यवसायी सङ्घ, पर्साका अध्यक्ष ताजुदिन अंसारी, किराना व्यवसायी सङ्घका अध्यक्ष शंकर कुशवाहा लगायतले शीघ्र चर्को ब्याज दर चालु पूँजी कर्जा निर्देशिकाको अव्यवहारिक र निजीक्षेत्र अमैत्री प्रावधान हटाउन माग गरेका थिए । हाम्रो शान्तिपूर्ण विरोधलाई प्राथमिकताका साथ लिई बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज दर र राष्ट्र बैंकको अव्यवहारिक निर्देशिका तत्काल संशोधन गरेर उद्योग व्यापारलाई राहत दिनुपर्नेमा वक्तहरुले जोड दिएका थिए । यस पश्चात् पनि माग पूरा नभए सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । कार्यक्रमका सहजीकरण वीउवासङ्घका मनोज उपाध्यायले गर्नु भएको थियो ।
बिरोध कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी, व्यापारी, नागरिक समाज, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
यस अघि सङ्घले पहिलो दिन चर्को ब्याज दर र चालु पूँजी कर्जाको साङ्केतिक बिरोध स्वरुप वीरगञ्ज उद्योग बाणिज्य सङ्घको कार्यालय र नेपाल राष्ट्र बैंकको मुख्यद्वार अगाडि विभिन्न नाराहरु लेखिएको ब्यानरहरु झुण्डयाइएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष १३,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद