Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

चालु पूँजी कर्जा मार्गदर्शनको विरोधमा वीरगन्जका व्यवसायी आन्दोलित, राष्ट्र बैंकअगाडि धर्ना 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ११,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,११ पुष । चालु पूँजी कर्जा मार्गदर्शनको विरोधमा वीरगञ्जका उद्योगी व्यवसायीहरुले सोमबारदेखि आन्दोलन सुरु गरेका छन् । उनीहरुले हामी आन्दोलनमा छौं लेखिएको ब्यानर सहित वीरगञ्जमा प्रदर्शन गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघबाट निस्केको विरोध र्‍याली आदर्शनगर हुँदै आदर्शनगरमै रहेको नेपाल राष्ट्र बैंक अगाडि पुगेर स्थगित भएको थियो । बैंकको ब्याजदर चर्को भएको र नेपाल राष्ट्र बैंकले लागु गरेको चालु पूँजी कर्जा मार्गदर्शन खारेजीको माग गरेर उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले उद्योग वाणिज्य संघ र नेपाल राष्ट्र बैंकको अगाडि कालो ब्यानर समेत टाँगेका छन् ।

बैंकहरुको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको चालू पुँजी कर्जा निर्देशिका २०७९ का कारण आर्थिक संकट बढेको गुनासो गर्दै उद्योगी व्यवसायीहरु आन्दोलित भएका हुन् । ८ प्रतिशतमा लिएको ऋणको ब्याजदर १५ प्रतिशत पुगेर धेरै जनाको सम्पत्ति लिलामीको प्रक्रियामा जान लागेकोले आन्दोलनमा जानु परेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले जानकारी दिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघले नेतृत्व गरेको आन्दोलनमा मधेस प्रदेश भरका उद्योग वाणिज्य संघ, नेपाली युवा उद्यमी मञ्च, होटल तथा पयर्टन व्यवसायी संघ वीरगञ्ज लगायत २६ वटा संघ संस्थाले साथ दिएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक टेमानीले निजी क्षेत्रको समस्या प्रति कुनै राजनीतिक दलले चासो नदिएको गुनासो गरे । ‘ निजी क्षेत्र आन्दोलित भएको छ । कुनै राजनीतिक दलले सरोकार लिएको पनि छैन । उनीहरुलाई थाहा पनि छैन, चासो पनि राखेको छैन ।’ उनले भने ‘ समस्या प्रति कसैले चासो राखेपनि÷नराखेपनि निजी क्षेत्रले आफ्नो समस्या आफैं समाधान गर्छ भनेर आन्दोलित भएका हौं ।’

२१ गतेसम्म आन्दोलन गर्दा पनि सुनवाई नभए थप आन्दोलनका कार्यक्रम ल्याउने वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक टेमानीले बताए ।

वीरगञ्जका व्यवसायीले मंगलबार वीरगञ्जको आदर्शनगर, माइस्थान लगायत बजार क्षेत्रका पसलमा झण्डा र कालो पट्टी वितरण गर्ने, बुधबार नेपाल राष्ट्र बैंक अगाडि १ घण्टा धर्ना दिने र बिहीबार विशाल विरोध र्‍याली निकालेर नगर परिक्रमा गर्ने आन्दोलनका कार्यक्रम तय गरेका छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत
मुख्य समाचार

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत

प्रकाशित : २०७९ पुष ११,सोमबार
पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर

प्रकाशित : २०७९ पुष ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद