Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको बाइपास सडक अतिक्रमण हटाउने अभियान निरन्तर

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ११,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,११ पुष । वीरगञ्ज महानगरपालिकाले सडक पेटी अतिक्रमण नियन्त्रण र जथाभावी पार्किङ नियन्त्रण अभियानलाई निरन्तरता दिएको छ ।

अभियान अन्तर्गत सोमबार नगवा चोकदेखि लक्ष्मणवासम्मको बाइपास सडक पेटीमा राखेका निर्माण सामग्री तथा संरचना हटाइएको छ ।

सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा तथा सवारी पार्किङ गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने भएकाले महानगरले त्यसलाई हटाउन अहिले दैनिक अभियान नै चलाईरहेको हो ।

बाइपास र सहायक बाइपास सडक खण्डको अतिक्रमण तथा जथाभावी पार्किङ हटाउने कामलाई निरन्तरता दिइएको वीरगञ्ज महानगरका सरसफाई तथा बृक्षारोपण संयोजक जयप्रकाश खेतानले बताए ।

महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको निर्देशनमा अभियान निरन्तर अगाडी बढाइएको पनि उनले बताए ।

फुटपाथ अतिक्रमण गरेर राखेको बालुवा गिटीजन्य निर्माण सामग्री तथा अतिक्रमण गरेर बनाइएका संरचनाले बजार कुरुप देखिएकाले त्यसलाई हटाउन लागिएको हो । वीरगञ्जलाई हराभरा र सुन्दर बनाउन पनि अभियान चलाउनु परेको महानगरका सरसफाई प्रमुख सरफुद्धिन मियाँ बताउँछन् । सोमबार फुटपाथ अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि वीरगञ्ज महानगरपालिकाका सरसफाई प्रमुख सरफुद्धिन मियाँ, नगरप्रहरी प्रमुख हरि भुषाल, महानगरको सरसफाई तथा बृक्षारोपण संयोजक प्रकाश खेतान लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ पुष ११,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ पुष ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद