Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भारतका बहुचर्चित कलाकार मनोज तिवारीले पनि गरे पर्साका सांसद यादवको प्रशंसा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ९,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ९ पुष । भारतका बहुचर्चित कलाकार एवम् लोकप्रिय नेता मनोज तिवारीले पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवको प्रशंसा गरेका छन् । भारतका लोकसभा सदस्य एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता तिवारीले शुक्रवार एक ट्विट गर्दै यादवको प्रशंसा गरेका हुन् ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादवले भोजपुरी संस्कृति झल्किने भेषभुषा पहिरिएर भोजपुरी भाषामा शपथ लिएपछि यादवको चौतर्फी चर्चा चुलिएको हो । भोजपुरी भाषाका प्रसिद्ध गायकसमेत रहेका मनोज तिवारीले यादवको तारिफ गर्दै ट्विट गरेका छन् ।

उनले ट्विटरमा भोजपुरीमा लेखेका छन्, ‘नेपालको संसदमा प्रदीप यादव जीले भोजपुरी भाषामा शपथ लिनुभएको खबरले मन अत्यन्तै हर्षित भएको छ । छिटै हाम्रो सपनालाई सार्थकतामा बदल्न निरन्तर प्रयास जारी छ ।’

यसअघि भोजपुरी अभिनेता एवम् सुप्रसिद्ध गायक खेसारीलाल यादवले पनि प्रदीप यादवको प्रसंशा गरेका थिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ पुष ९,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ पुष ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद