Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

सांसद् यादवलाई भारतीय कलाकार खेसारीलाल यादवले पनि गरे प्रशंसा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ८,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ८ पुष । मधेशको मौलिक पहिरन धोती, कुर्ता, गम्छा र पगडी लगाएर मातृभाषा भोजपुरीमा प्रतिनिधिसभा सदस्यका रुपमा शपथ ग्रहण गरेका सांसद् प्रदीप यादवले देशमा मात्र नभएर विदेशमा पनि प्रशंसा बटुलिरहेका छन् । 

प्रतिनिधिसभा सदस्य जस्तो पदको शपथ ग्रहण गर्दा आफ्नो मौलिक संस्कृति, पहिरन र मातृभाषाको सम्मान गरेर देशमा चौतर्फी तारिफ कमाएका सांसद् यादवको भारतीय कलाकार खेसारीलाल यादवले पनि प्रशंसा गरेका छन् । 

भारतका प्रख्यात भोजपुरी गायक तथा अभिनेता खेसारीलाल शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत धोती कुर्ता र गम्छा लगाएर भोजपुरी भाषामा शपथ ग्रहण गरेर भाषाको मान सम्मान बढाएको बताउँदै सांसद् यादवको प्रशंसा गर्दै बधाई दिएका हुन् ।

‘छिमेकी देश नेपालको संसदमा जब भोजपुरीमा शपथ लिइनछ र त्यो पनि धोती कुर्ता र गम्छा लगाएर अनि मन गदगद भइहाल्छ,’ खेसारीलालले भोजपुरीमा लेखेका छन् ।

सांसद् यादवले भोजपुरीमा शपथ लिएको सकारात्मक प्रभावका कारण भारतमा भोजपुरी भाषा आठौँ अनुसूचीमा समावेश होस् भन्ने अपेक्षा राख्दै उनले थपेका छन्, ‘प्रदीप यादव जी तपाईलाई धेरै धेरै बधाई, भोजपुरीको मान सम्मान बढाउनुका निमित्त । आशा छ की भारतमा पनि भोजपुरीलाई आठौँ अनुसूचीमा छिट्टै समावेश गर्न यसले सकारात्मक प्रभाव पार्ने छ ।’ 

भारतमा आठौँ अनुसूचीमा समावेश भाषालाई राष्ट्रिय भाषाको मान्यता प्राप्त हुन्छ । भोजपुरी भाषालाई हालसम्म पनि भारतले आठौँ अनुसूचीमा सूचिकृत गरेको छैन ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट दोस्रो कार्यकालका लागि विजयी यादवले बिहिबार काठमाडौँमा सम्पन्न प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणमा मधेशको मौलिक पहिरन धोती, कुर्ता, गमछा र पगडी लगाएर भोजपुरी भाषामा शपथ लिएका थिए । भोजपुरी भाषामा शपथ ग्रहण गर्ने उनि पर्सा जिल्लाका एकल सांसद् हुन् ।

यसअघि २०७४ मा निर्वाचित हुँदा यादवले यसरीनै धोती, कुर्ता लगाएर भोजपुरी भाषामा शपथ लिएका थिए । भोजपुरी भाषाको सम्मान, संरक्षण र प्रवर्द्धनका निमित्त आफूले यस्तो गरेको उनि बताउँछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ पुष ८,शुक्रबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०७९ पुष ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद