Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गैसस महासंघ पर्साको अध्यक्षमा पुन: साह निर्विरोध निर्वाचित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, २ पुस ।
गैर सरकारी संस्था महासंघ पर्सा शाखाको ८ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र वीरगंजको सभाहलमा भएको अधिवेशनले पुनः छठु साहको अध्यक्षतामा निर्विरोध १३ सदस्यीय न्याँ जिल्ला कार्य समिती चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्ष सुरज पण्डित, उपाध्यक्ष कोपिला चौलागाई, सचिव चन्देश चौहान, सह सचिव सिमा खड्का, कोषाध्यक्ष मनोज यादव, सदस्य ललन पटेल, जयनारायण चौधरी, निर्माला कुमारी काफले, मिना यादव, मनोज राम, अर्चना गुप्ता लगायत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका नरेश जयसवालले जानकारी दिए ।
अधिवेशनले रामाकान्त पटेलको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिती पनि गठन भएको महासंघका प्रदेश समिती सदस्य समेत रहेको जयसवालले जानकारी दिए ।
यश अघि अधिवेशनको उद्घाटन प्रदेश सभा सदस्य प्रमोद जयसवालले गरेका थिए । अधिवेशन उद्घाटन समाहरोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य जयसवालले राज्यको आँखा पुग्न नसकेको ठाउँमा गैर सरकारी संस्थाको पुग्ने गरेको वताए ।
उनले द्वन्द्वकालमा राज्य हराएको बेला गैर सरकारी संस्थाले काम गरेको वताउदै देश विकासको लागि राज्यले गैर सरकारी संस्थाहरुलाई साथ साथमा लिएर अघि बढनु पर्ने धारण राखे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जयसवालले त्यसको लागि प्रदेश सभामा समेत आफुले आवाज उठाउने वताए ।
अधिवेशनको उद्घाटन सत्रमा गैर सरकारी संस्था र समाजिक क्षेत्रबाट जनप्रतिनिधि भएका र समाजिक क्षेत्रमा योगदान पुर्याएका ८ जनालाई सम्मान समेत गरिएको थियो ।
सम्मानित हुनेमा प्रदेश सभा सदस्य प्रमोद जयसवाल, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, वीरगंज ३० का वडाध्यक्ष मनोज यादव, बहुदरमाई नगरपालिका २ का वडाध्यक्ष जितेन्द्र पटेल, गैसस महासंघ पर्साका पुर्व अध्यक्ष अधिवक्ता कमल मोहन पोखरेल, सुरेश कुशवाहा, मनोज गुप्ता, शिवचरण रौनियार रहेका छ्न ।
महासंघ पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, गैसस महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुव देव, कोषाध्यक्ष नानुमाया थापा, केन्द्रिय सदस्य स्वेता जयसवाल, कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसाद रौनियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ पुष २,शनिबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०७९ पुष २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद