Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पुष १० गतेपछि पर्सा–बाराका किसानको धान खरिद गर्ने सरकारी निकायको तयारी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १,शुक्रबार
A A
file photo

file photo

1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,०१ पुष । वीरगंज स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखाले पर्सा र बाराका किसानको धान पुष १० गते पछि खरिद गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाका प्रमुख विकास कटुवालले यस वर्षको धान खरिद कोटासम्बन्धी पत्र बिहीबार मात्र शाखामा प्राप्त भएको तर अहिले प्रमुख जिल्ला अधिकारी बाहिर रहेकाले उनि जिल्लामा फर्किएपछि बैठक बसेर धान खरिद गर्ने निर्णय गरिने बताएका हुन् ।

संघीय सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य ३ हजार १ सय २८ रुपैयाँ निर्धारण गरिसकेको छ । तर जिरा मसिनो धानको मूल्य भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गर्ने भएकोले प्रजिअ जिल्लामा फर्किएपछि समितिको बैठक बसेर जिरा मसिनो धानको मुल्य निर्धारण गरिएपछि मात्र किसानको धान खरिद गरिने कटुवालले बताए ।

उनले भने, ‘सबै तयारी गरी यस वर्ष पुस १० बाट धान खरिद हुने सम्भावना छ ।’ गत वर्ष पनि पुस १० बाटै धान खरिद सुरु गरिएको उनले बताए । वीरगन्ज शाखाले गत वर्ष १७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरेको थियो ।तर यस वर्ष यस वर्ष सोना मन्सुली धान १० हजार क्विन्टल र जिरा मसिनो धान २ हजार क्विन्टल खरिदको कोटा पाइएको जानकारी कटुवालले दिए । उनले ‘हाललाई कूल १२ हजार क्विन्टल धान खरिदको कोटा यस वर्षका लागि पाइएको छ, पछि धानको परिमाण थपघट पनि हुन सक्छ ।’

कटुवालले कम्पनिले यस वर्ष धान खरिद गर्दा किसानभन्दा बिचौलिया सक्रिय हुन्छन् कि भन्ने आशंका रहेपनि जिल्ला प्राथमिक खरिद समितिले त्यसलाई मध्यनजर गरि निर्णय गरेर धान खरिदका लागि नीति नियम बनाउने बताए ।

गत वर्ष कम्पनीले सोना मन्सुली धान यस वर्षको भन्दा २ सय ६६ रुपैयाँ कम अर्थात २ हजार ९ सय २ रुपैयाँ प्रतिक्विन्टलमा खरिद गरेको थियो । त्यसैगरी, कम्पनिले गत वर्ष जिरा मसिनो धान प्रतिक्विन्टल ३ हजार १ सय रुपैयाँमा खरिद गरेको थियो ।

सरकारले धानको न्युनतम समर्थन तोकेको एक महिना बितिसक्दा पनि धान खरिद प्रकृया नथालेको भन्दै जिल्लाका किसान सम्बद्ध संघसंगठनले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन्। साभार : मधेस खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष १,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद