Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिर्सिया नदी फोहोर भएकाले प्रदुषण नियन्त्रणका लागि अनुगमन सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २७,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,२७ मंसिर ।
सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्न नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमन सुरु भएको छ । नदी आसपास रहेका वीरगञ्जका उद्योगहरुका कारण सिर्सिया फोहोर भएकाले प्रदुषण नियन्त्रणका लागि अनुगमन सुरु गरिएको हो ।
सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानद्वारा मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्वर २१ सिर्सिया आसपास रहेका ४ वटा उद्योगको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा ती उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर पानी सोझै नदीमा मिसाउने गरेको भेटिएको अनुगमनमा खटिएका जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।
टोलीले श्री निधी टेक्सटायल्स प्रा।लि।, ब्रिटानीय नेपाल प्रा।लि।, शक्ति दाल मिल र शक्ति वायरको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा निधी टेक्सटायल्सले उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा मिसाइदिने गरेको पाइएको छ ।
यो उद्योगले दैनिक डेढ लाख लिटर केमिकल सहितको फोहोर पानी उद्योगबाट सोझै सिर्सिया नदीमा मिसाउने गरेको छ । उद्योगले अहिलेसम्म पनि वाटर ट्रिटमेण्ट प्लाण्ट नराखेको र फोहोर पानी नदीमा फाल्ने गरेको वीरगञ्ज महानगरपालिका वातावरण शाखाका प्रमुख देवेन्द्र चौधरीले बताए । यो उद्योगले फोहोर पानीका साथै नदी दुर्गन्धित बनाउने छाइँ ९खरानी० पनि नदीमै फाल्ने गरेको भेटिएको उनले बताए । उद्योगलाई अनुगमन टोलीले तत्काल ट्रिटमेण्ट राख्न र फोहोर पानी सोझै नदीमा नमिसाउन चेतावनी दिएर आएको पनि उनले बताए ।
यस्तै विस्कुट उत्पादन गर्ने ब्रिटानीयाले ट्रिटमेण्ट प्लाण्ट हुँदाहुँदै पनि पानी प्रशोधन नगरी फोहोर पानी सोझै नदीमा मिसाइदिने गरेको स्थानीय बताउँछन् । टोलीले पनि पानी प्रशोधन नगरी सोझै नदीमा मिसाएको भेटेको थियो ।
यस्तै शक्ति वायर उद्योगले त्यहाँबाट निस्केको पानी जम्मा गर्न पोखरी बनाएको भए पनि प्रभावकारी नहुँदा फोहोर पानी नदीमा नै मिसिन पुगेको भेटिएको चौधरी बताउँछन् ।
नदीलाई दुर्गन्धित बनाउने गरी लेदोसहितको फोहोर पानी फाल्ने उद्योगलाई आज पहिलो पटक चेतावनी दिइएको र आउँदा दिनमा यस्तो कार्य दोहोरिए सोझै कारवाही गरिने अनुगमनमा गएका महानगरका उपमेयर इम्तियाज आलमले बताए ।
सिर्सिया नदी सफा बनाउने अभियनमा उद्योगीले आफ्ना उद्योगमा ट्रिटमेण्ट प्लाण्ट राखेर सहयोग गर्नु पर्नेमा जिम्मेवारीबाट पन्छिँदै आफ्नो स्वार्थ मात्रै नहेर्न उद्योगीहरुलाई आग्रह गरे ।
उपमेयर आलमको नेतृत्वमा गएको टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, महानगरको वातावरण शाखाका देवेन्द्र चौधरी, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको सक्रियतामा आइतबार बसेको बैठकले नदी प्रदुषण नियन्त्रणका लागि उद्योगको अनुगमन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप मंगलबारबाट उद्योगको अनुगमन सुरु भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ मंसिर २७,मंगलवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ मंसिर २७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद