Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरको सामुदायिक विद्यालयमा अनुगमन निरन्तर, २ प्रअसहित ८ शिक्षकसँग स्पष्टिकरण माग

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २६,सोमबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२६ मसिंर ।
वीरगञ्ज महानगरपालिकाले सामुदायिक विद्यालयको अनुगमनलाई निरन्तरता दिएको छ । सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन नगर भित्रका सबै सामुदायिक विद्यालयको अनुगमन गर्दै आवश्यक विद्यालयमा भौतिक संरचना तथा जनशक्ति उपलब्ध गराउने गरी अनुगमनलाई निरन्तरता दिएको हो ।
महानगरको शिक्षा महाशाखाले सोमबार २ वटा विद्यालयको छड्के अनुगमन गरेको छ ।
आदर्शनगरको बाल मन्दिर र अशोकवाटिकाको श्री पन्नालाल साह रामचरण माविको छड्के जाँच गरिएको महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।
पन्नालाल मावि निर्धारित समयभन्दा अगाडी नै बन्द भएको पाइएपछि टोलीले प्रधानाध्यापकलाई नै स्पष्टिकरण माग गरेको छ ।
४ बजेसम्म कक्षा सञ्चालन हुनु पर्नेमा विद्यालयले मनोमानी समय अगावै छुट्टि गरेको भेटेपछि प्रधानाध्यापकलाई कारबाही स्वरुप स्पष्टिकरण माग गरेको महाशाखा प्रमुख कर्णले जानकारी दिए ।
यस्तै आदर्शनगरको बालमन्दिर पुग्दा टोलीले उक्त विद्यालय पनि समय अगावै छुट्टि हुनुका साथै शिक्षक कर्मचारी पनि अनुपस्थित देखेपछि प्रधानाध्यापकसहित ७ जनालाई स्पष्टिकरण सोधेको छ ।
मंगलबार विहान १० बजे स्पष्टिकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको महाशाखा प्रमुख कर्णले बताए ।
प्रधानाध्यापक तथा शिक्षकको लापरवाहीका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर घट्दो क्रममा रहेकाले लापरवाहीलाई नियन्त्रण गर्दै गुणस्तर बृद्धिका लागि अनुगमन बढाइएको उनले बताए ।
दैनिक जसो कुनै न कुनै विद्यालयको अनुगमनलाई निरन्तरता दिने भन्दै कर्णले कक्षा समयसम्म नचलाउने र विद्यालयमा उपस्थित नहुने शिक्षकलाई कारबाही गर्दै जाने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ मंसिर २६,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ मंसिर २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद