Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरको सामुदायिक विद्यालयमा अनुगमन निरन्तर, २ प्रअसहित ८ शिक्षकसँग स्पष्टिकरण माग

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २६,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२६ मसिंर ।
वीरगञ्ज महानगरपालिकाले सामुदायिक विद्यालयको अनुगमनलाई निरन्तरता दिएको छ । सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन नगर भित्रका सबै सामुदायिक विद्यालयको अनुगमन गर्दै आवश्यक विद्यालयमा भौतिक संरचना तथा जनशक्ति उपलब्ध गराउने गरी अनुगमनलाई निरन्तरता दिएको हो ।
महानगरको शिक्षा महाशाखाले सोमबार २ वटा विद्यालयको छड्के अनुगमन गरेको छ ।
आदर्शनगरको बाल मन्दिर र अशोकवाटिकाको श्री पन्नालाल साह रामचरण माविको छड्के जाँच गरिएको महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।
पन्नालाल मावि निर्धारित समयभन्दा अगाडी नै बन्द भएको पाइएपछि टोलीले प्रधानाध्यापकलाई नै स्पष्टिकरण माग गरेको छ ।
४ बजेसम्म कक्षा सञ्चालन हुनु पर्नेमा विद्यालयले मनोमानी समय अगावै छुट्टि गरेको भेटेपछि प्रधानाध्यापकलाई कारबाही स्वरुप स्पष्टिकरण माग गरेको महाशाखा प्रमुख कर्णले जानकारी दिए ।
यस्तै आदर्शनगरको बालमन्दिर पुग्दा टोलीले उक्त विद्यालय पनि समय अगावै छुट्टि हुनुका साथै शिक्षक कर्मचारी पनि अनुपस्थित देखेपछि प्रधानाध्यापकसहित ७ जनालाई स्पष्टिकरण सोधेको छ ।
मंगलबार विहान १० बजे स्पष्टिकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको महाशाखा प्रमुख कर्णले बताए ।
प्रधानाध्यापक तथा शिक्षकको लापरवाहीका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर घट्दो क्रममा रहेकाले लापरवाहीलाई नियन्त्रण गर्दै गुणस्तर बृद्धिका लागि अनुगमन बढाइएको उनले बताए ।
दैनिक जसो कुनै न कुनै विद्यालयको अनुगमनलाई निरन्तरता दिने भन्दै कर्णले कक्षा समयसम्म नचलाउने र विद्यालयमा उपस्थित नहुने शिक्षकलाई कारबाही गर्दै जाने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०७९ मंसिर २६,सोमबार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०७९ मंसिर २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद