Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बारामा सडक निर्माण पूरा भएको तीन वर्ष बित्दा पनि जग्गाधनीहरुले अझै पाएन मुआब्जाको रकम

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २३,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा — बाराको तामागढी–सिम्रौनगढ सडक निर्माण पूरा भएको तीन वर्ष बित्दा पनि सडक छेउछाउबाट अधिग्रहण भएकाे जग्गावापत् जग्गाधनीहरुले अझै मुआब्जा रकम पाएका छैनन् । ६५ देखि ७० विघा जग्गाधनीले सरकारबाट पाउनुपर्ने २ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ बराबर नपाएका हुन् ‘सबै मन्त्रालय, प्रशासन गुहार्दा पनि कसैले सुनुवाई गरेका छैनन्,’ मुआब्जा वितरण संघर्ष समितिका अध्यक्ष सिम्रौनगढ नगरपालिका ६ का अनवर अन्सारीले भने, ‘प्रशासन, स्थानीय मुआब्जा मूल्यांकन निर्धारण समिति, भौतिक पूर्वाधार मन्त्रालय, सडक विभागलगायतले मुआब्जा उपलब्ध गराउन सिफारिस गरेपनि अर्थ मन्त्रालयले निकासा नगरेको हो ।’ गत भदौ १९ मा अर्थ मन्त्रालयले पहिलो चरणमा १५ करोडको व्यवस्था मिलाई मुआब्जा वितरण गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई पत्र लेखे पनि बजेट नभएको भन्दै फर्काउने गरेको उनले बताए ।
‘धेरै पटक आन्दोलन पनि गर्यौं, जिल्लाबाट काठमाडौं जाँदासमेत कसैले वास्ता गरेका छैनन,’ उनले भने, ‘यो सडक ऐतिहासिक हो भन्दै सबैले जोडबल दिएपछि बनाउन सहमति दियौं ।’ अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई विनियोजित बजेटबाटै १५ करोड रुपैयाँ उपलब्ध गराउन भनेपनि वास्ता नगरेको उनको भनाइ छ । आफूले प्रतिकठ्ठा २० लाखको दरले हुन आउने १ करोड ५२ लाख रुपैयाँ पाउनुपर्ने उनले बताए ।
संघीय सरकारअन्तर्गत हुलाकी मार्ग आयोजना वीरगन्ज कार्यालयको कार्य क्षेत्रभित्र पर्ने यो सडक बन्दा दायाँबाँयाबाट १५/१५ मिटर अधिग्रहण गरिएको थियो । यो दक्षिणमा दशगजादेखि बीचमा पूर्व–पश्चिम हुलाकी मार्ग हुँदै उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौं ‘फास्टट्रयाक’ जोड्ने सडक हो । साविकको १२ वटा गाविस र अहिले सिम्रौनगढ, कोल्हवी नगरपालिका तथा बारागढी आदर्श कोतवाल गाउँपालिका गरी चारवटा पालिकाअन्तर्गत पर्ने यो सडक ७ मिटर चौडाइमा बनेको छ । २० लाख प्रति कठ्ठा मुआब्जा दिन मुआब्जा मूल्यांकन निर्धारण समितिले दर कायम गरेको थियो ।
मुआब्जा पाउने जग्गाधनीले सम्बद्ध निकाय धाउँदाधाउँदै ३ वर्ष बिताइसकेको गुनासो गरेका छन् । ‘कहिले नारा–जुलुस त कहिले छलफल गर्दै हैरान छौं,’ कोल्हवी ९ का अर्का जग्गधनी रामानन्द चौधरीले भने, ‘कहिले सांसद त कहिले मेयर, कहिले मन्त्रालय गुहार्दै छौं, कसैले सुनेका छैनन्,’ उनले भने । मुआब्जाका लागि संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।
बहुप्रतिक्षित र बहुउपयोगी यो सडक जिल्लाको विकाससँगै रोजगार, जीवनशैली परिवर्तनमा निकै उपयोगी बनेको छ । तर मुआब्जा नदिएर सरकारले अन्याय गरिरहेको पीडित जग्गाधनी बताउँछन् । सिम्रौनगढ नगरपालिकाका ११ का मुआब्जा वितरण संघर्ष समिति अध्यक्ष महेन्द्र जयसवालले भने, ‘मुआब्जा पाउने नागरिकको अधिकार छ ।’ मुआब्जा निर्धारण समितिका पदाधिकारी ओम खड्काले मुआब्जाको लागि जिल्लामा गर्नुपर्ने सबै काम भई माथि पत्राचार गरिसकिएको बताए । ‘यो विषय संघीय सरकारको अर्थ, भौतिक पूर्वाधार मन्त्रालय र माथिल्लो तहको हो,’ उनले भने, ‘जिल्लाबाट सबै काम पूरा भइसकेको छ । सरकारले रकम निकासा दिएर वितरण गर्नुपर्छ ।’सभार इकान्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत
मुख्य समाचार

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत

प्रकाशित : २०७९ मंसिर २३,शुक्रबार
पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर

प्रकाशित : २०७९ मंसिर २३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद