Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पल र सन्दिप काण्डका युवतीबीच मित्रता भएको खुलासा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २१,बुधबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

मुलुकमा हालै भएका दुई चर्चित बलात्कार काण्डमा कार्वाही भोग्नेहरू भिन्न स्थान र पृष्ठभूमिका भए पनि आरोप लगाउने दुई युवतीहरू बीचचाहिँ गहिरो मित्रता भएको रोचक तथ्य जानकारीमा आएको छ ।

प्राप्त जानकारीअनुसार अभिनेता पल शाह र पूर्व क्रिकेट कप्तान सन्दिप लामिछानेलाई बलात्कार मुद्दामा जेल सजाय दिलाउने दुई किशोरीहरू स्कुल पढ्दाका साथी हुन् । पोखरामा उनीहरूले एउटै कक्षामा अध्ययन गरेका थिए । उनीहरू दुवै सँगसँगै हुर्किएका छिमेकी पनि हुन् । प्रहरी अनुसन्धानका क्रममा यी दुवै साथी भएको रहस्य खुलेको थियो । सन्दिपद्वारा बलात्कृत भनिएकी युवती भन्दा पल शाहद्वारा बलात्कृत भनिएकी युवती पहिला नै काठमाडौं आएकी थिइन् । काठमाडौं आएपछि पनि यी दुईको बेला–बेलामा भेटघाट हुने गरेको थियो ।

नाबालिग बलात्कार मुद्दामा जेल परेका सन्दिप लामिछानेको बकपत्र सकिएको छ । अभियुक्त र सम्बन्धित ब्यक्तिहरूलाई इजलासमा राखेर लिइने बयान बकपत्र हो । डाक्टरको प्रतिवेदन तथा अन्य प्रमाणहरूका आधारमा सन्दिपलाई जेल सजाय हुने सम्भावना प्रबल रहेको श्रोतहरूले बताएका छन् । प्रहरीले उक्त घटनासँग सम्बन्धित विभिन्न होटल सञ्चालक, होटलमा कार्यरत ब्यक्तिहरू, युवती बस्ने होस्टलसम्बद्ध ब्यक्तिहरूदेखि उनका केटासाथीको समेत बयान लिएको थियो ।

केही वर्षदेखि सम्बन्धमा रहेका उनका केटासाथीले घटना भएको दिन दिउँसो युवतीसँग कुरा गरे पनि ९ बजे फोन गर्दा घण्टी गएको, तर फोन नउठेको र केहीबेरमा फोन अफ भएको बताएका थिए । युवतीका दाजु र केटासाथीबीच पहिल्यैदेखि चिनजान भएको पनि उनले बताएका थिए । युवतीले आफू सन्दिपलाई भेट्न जान लागेको कुरा आफ्नो केटा साथीलाई बताएकी थिइन् । उनले ‘सेलिब्रटीलाई भेट्न जाने कुरालाई आफूले सामान्य ठानेर जाउ भनेको’ प्रहरीसमक्ष बताएको बुझिएको छ ।

अदालतले बलात्कार ठहर गरेमा सन्दिपलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुनेछ । सभार घटना र विचार

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ मंसिर २१,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ मंसिर २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद