Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

चोरिगर्ने मध्येका २ जना चोर पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २१,बुधबार
A A
file pic

file pic

1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रौतहटको कटहरिया बजार तथा आसपासको गाउँ टोलमा चोरको आतंक बढेको अवस्थामा दुईजना चोर पक्राउ परेका छन । एकसाता अघि पसल बाट चोरिभएको कपडा लगाएर बजारमा आएपछि पीडितले पहिचान गरि ईलाका प्रहरी कार्यालय कटहरियामा खबर गर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कटहरिया १ का छोरा बर्ष को र ४ हर्षाहाका को छोरा बर्षका रहेको स ई अशोक महतोले बताएका छन । पक्राउ परेका दुबैजना हालसम्म कटहरियाको नियन्त्रणमा रहेको तथा आजै थप कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पटाईने स ई महतोले जानकारी दिएका छन । पक्राउ परेकाहरुले कटहरिया स्थित दुई पसलमा चोरी गरेको स्वीकार गरेका छन ।

केहि दिन अघिमात्र कटहरिया बजार स्थित अज्ञात चोरले दुइ वटा घुमती पसल फोडी करिब ७६ हजार मूल्य बराबरको सामान चोरी गरेर लगेको छ ।
टोलापुर बस्ने रामदेव महतोको बजार स्थित काठको घुमतीको पटहा खस्काइ पसलमा रहेको फलामको खल ५ थान,तावा ७ थान प्लाष्टिको रस्सी ८ केजी र अन्य सामान गरी रु २१ हजारको सामान चोरी गरी लगेको छ ।

त्यसैगरी सोही ठाउँ बस्ने लालबाबु महतोको घुमती बाट तयारी सर्ट ,पैन्ट २५ थान र कपडा गरी करिब ५० हजार रुपैया बराबरको चोरी भएको छ ।
गत मंसिर ९ गते राति सुरेन्द्र साह कलवारको पसलबाट रु ६÷७ हजार र रामदयाल साहको मिठाइ पसलबाट रु १० हजार नगद र केही केजि मिठाइ चोरी भएको थियो । एकमहिना अघि कटहरिया गाउँका रामचन्द्र साह सोनारको घरमा हतियार सहित गएका लुटेराहरुले ढोका फोरेर नगद,गरगहना समेत लुटेर लगेको थियो । उक्त घटनामा लुटेरा समूहले एउटा लोड नलकटुवा पेस्तोल समेत छोडेर गएको थियो । घटना भएको १ महिना बित्नलाग्दा प्रहरीले संलग्न लुटेरालाई पक्राउ गर्नसकेको छैन।
कटहरियामा प्रहरीको गस्ती फितालो भएको कारणले चोरीको घटनाहरुमा वृद्धि भएको स्थानियहरुले आरोप लगाएका छन् ।
कटहरिया वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले प्रहरीको कमीकमजोरी अव्यवस्थित व्यवस्थापन र प्रहरीको फितलो अनुसन्धानले यस्ता चोरी बारम्बार हुने गरेको आरोप लगाएका छन् ।
त्यसैगरी गत ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई प्रभावमा पार्न १७० जना कर्मचारी दैनिक ज्यालादारीमा भर्नागरी मासिक लाखौं लाख उडाउने कटहरियाका मेयर अजय जैसवाल आफ्नै नगरबासिको सुरक्षाका लागि दुई चारजना चौकिदार भर्ना गर्न नसक्दा नगरबासी खुलेरै आलोचना गर्न थालेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर २१,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद