Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

‘नेपथ्य लाइभ कन्सर्ट’ले वीरगञ्जमा इतिहास रच्यो, कसैले नसोचेको जनसहभागिता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २०,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २० मङ्सिर ।
मानवसेवा आश्रमले आयोजना गरेको नेपथ्य लाइभ कन्सर्टले वीरगञ्जमा इतिहास कायम गरेको छ । मानवता प्रवद्र्धृन तथा मानवीय सहयोगका लागि वीरगञ्जवासीको अकल्पनीय सहभागिता रहेको स्थानीयहरुले बताएका छन् । यहाँ १८ वर्षपछि नेपथ्य भित्रिएको हो ।
यहाँको आदर्शनगनर रंगशालामा झण्डै पाँच हजार संगीत पारखीले कन्सर्टको मजा लिएको अनुमान छ । कुनै कन्सर्टमा यती धेरै मानिसको सहभागिता वीरगञ्जको इतिहासमै पहिलो भएको उक्त कन्सर्टका संयोजक गणेश लाठले बताउनुभयो । उहाँका अनुसार यो उपस्थिति मानवता प्रवद्र्धन र मानवसेवा आश्रमले गरेको योगदानको कदर हो । वीरगञ्जमा अन्तराष्ट्रियस्तरको सांगीतिक समुहरुलाई ल्याउन सक्नु पनि वीरगञ्जवासी कै लागि गौरवको विषय भएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन् ।
वीरगञ्जका सडकमा रहेका बेसहारा, मनोरोगी तथा वेवारिसे मानिसहरुको उद्धार गरी संरक्षण गर्न तथा मानवसेवा आश्रमको भवननिर्माण एबं अक्षयकोष स्थापनार्थ चर्चित साङ्गीतिक समूह नेपथ्य व्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमले सोमबार साँझ वीरगञ्जमा ‘नेपथ्य लाइभ कन्सर्ट’ गरेको हो । कन्सर्टमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले डेढ दर्जन जती नेपाली लोकरपप गीत गाएर दर्शकलाई मजैले मनोरञ्जन दिलाउनुभयो ।
‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ महिनाव्यापीरुपमा आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको उक्त नेपथ्य लाइभ कन्सर्टअन्तरगत यो दोस्रो कार्यक्रम हो । यसअघि मंसिर १६ गते विराटनगरमा भव्य रुपमा कार्यक्रम सम्पन्न भइसकेको छ । अबको कार्यक्रम मंसिर २२ गते हेटौडाको भुटनदेवी चौरमा हुने र उक्त कार्यक्रममा सहभागिताकाल लागि आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले हेटौटाबासीमा अनुरोध गर्नुभएको छ ।
वीरगञ्जको कन्सर्टको शुरुमा आश्रमबाट उद्धार गरिएका व्यक्तिका विषय समेटेर बनाइएको डकुमेन्ट्रीले दर्शकलाई केही क्षण भावुक पनि बनायो । त्यसपछि गायक गुरुङले गीत गाउनु अघिको संगीतबाटै दर्शक झुम्न शुरु गरे । उहाँले शुरुमा ‘भेडाको ऊनजस्तो’ प्रस्तुत गरेपछि संगीतको ताप बढ्यो ।
त्यसपछि प्रस्तुत ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’ र ‘जोमसोमे बजारमा’ जस्ता गीतमा वीरगञ्जवासीले भरपुर मनोरञ्जन लिए । गीतको बीचबीचमा गायक गुरुङले राष्ट्रिय भावनाले ओतप्रेत भावना तथा मानवसेवा आश्रमको उद्देश्यबारेका सन्देश बाँड्नुभएको थियो । उहाँले अर्को जुनी छ कि छैन थाहा नभएकाले पुण्य कमाउने हो भने यसै जुनीमा मानवसेवाका लागि आश्रममा दान गर्न अनुरोध पनि गर्नुभयो । उहाँले गीत संगीतलाई माया गर्न र सुन्दर नेपाल घुम्न दर्शकहरुलाई मञ्चबाटै अनुरोध पनि गर्नुभयो ।
अनि उहाँले व्याण्डको पुरानो गीत ‘यो जिन्दगानी’, ‘गाउँगाउँबाट उठ’ गाएर दर्शकलाई थप जागरुक बनाउनुभयो । त्यसपछिको प्रस्तुत ‘रेशम’ र ‘तालको पानी’ले थप उफार्यो ।
उहाँ मञ्चबाटै जसको कोही छैन, जसको केही छैन, उनका निम्ति समर्पित मानवसेवा आश्रमलाई सहयोग गर्नु हो।।ओ।।ई।।।भन्दै दर्शकको मुखबाटै बोल्न लगाएर सहयोगका लागि आव्हान पनि गर्नुभयो । कार्यक्रमको अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गर्दा दर्शकहरु राष्ट्रिय झण्डा बोकेर नृत्यमा सहभागि भए ।
मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनुभएको थियो ।
आश्रमले के गर्छ र अबको कार्यक्रम के–के छ रु
मानवसेवा आश्रम सहयोगापेक्षी ९बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारीरिकरुपमा कमजोर० सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन, औषधोपचार, पालनपोषण र जीवन रक्षा गर्दै परिवार खोजेर पुनस्मिलनसमेत गराउने अभियानमा एक दशकदेखि सक्रिय रहेको संस्था हो ।
हेटौँडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिइरहेको छ । हाल देशैभर गरेर झण्डै एक हजार ६०० सडक आश्रित मानवहरुले सेवा पाइरहेका छन् । आश्रम अहिले विसं २०८२ सालसम्ममा नेपालका सडकपेटीलाई सडकआश्रित मानवरहित बनाउने योजनाका साथ अघि बढेको छ ।
आगामी अर्को कार्यक्रम यही २२ गते हेटौडा र २५ गते चितवनमा र त्यसपछि २९ गते नेपालगञ्ज रङ्गशालामा हुनेछ । यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ ९रामनगर० मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा र अन्तिम कार्यक्रमको रुपमा १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत
मुख्य समाचार

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत

प्रकाशित : २०७९ मंसिर २०,मंगलवार
पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर

प्रकाशित : २०७९ मंसिर २०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद