Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चितवनमा धान उत्पादनमा वृद्धि

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १८,आईतवार
A A
file photo

file photo

2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

चितवन, १८ मङ्सिर जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको हो ।

यस वर्ष २२ हजार नौ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार चार सय ८२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा सोही क्षेत्रफलमा ८४ हजार नौ सय ९६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

उहाँका अनुसार गत आवमा प्रतिहेक्टर तीन दशमलव सात मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष उत्पादन बढेर चार दशमलव दुई पुगेको छ । आव २०७७÷७८ मा तीन दशमलव ७९ प्रतिहेक्टर धान उत्पादन भएको थियो ।

रोगहरूको प्रकोपमा कमी, कृषकमा व्यवस्थापन र सचेतनाका कारण उत्पादन बढेको केन्द्रले जनाएको छ । उहाँका अनुसार धान ब्लक कार्यक्रम र कृषकले रासायनिक मलको अभावमा पनि वैकल्पिक माध्यमबाट मलखाद व्यवस्थापन गरेकाले पनि उत्पादन बढेको हो ।

जिल्लाका सबै स्थानमा धानखेती हुने भए पनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरामसिनाजस्ता जातका धान लगाइने गरिन्छ ।(रासस)

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ मंसिर १८,आईतवार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०७९ मंसिर १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद