Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एमाले पर्साका सचिव मनोज गुप्तासहित १४ जनालाई सधारण सदस्यसमेत नरहने गरी कारबाही

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १७,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – नेकपा एमाले पर्सामा अन्तर्घात गरेको भन्दै कारबाही गरिएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हार व्यहोरेपछि नेकपा एमाले पर्सामा भाँडभैलो मच्चिएको छ।

चुनावमा पार्टीले लज्जास्पद हार व्यहोरेपछि अन्तर्घात गरेको भन्दै कारबाही गरिएको हो। निर्वाचन समीक्षा गर्न बसेको एमाले सचिवालय कमिटी बैठकले अन्तर्घात र बागी उठ्नेहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरी कारबाही गरेको जिल्ला कमिटी अध्यक्ष जयप्रकाश थारूले जानकारी दिए।

पार्टीलाई चुनावमा हराउन भूमिका खेल्नेहरूलाई कारबाही गरिएको थारूले बताए। सचिवालय कमिटीको बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी एमाले पर्साका सचिव मनोज गुप्तासहित १४ जनालाई सधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको उनले बताए।

कारबाहीमा परेका सचिव गुप्ता वर्तमान छिपहरमाई गाउँपालिका अध्यक्ष पनि हुन्। यसैगरी, साधारण सदस्यसमेत नरहने गरी कारबाही पर्नेमा जिल्ला सचिवालय सदस्य एवं सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादव, वडाध्यक्ष वासुदेव महतो थारू ताजदिन अन्सारी, इमरान हुसेन, मञ्जुर आलम, पवन तिवारी, सुबास साह कानु, वीरेन्द्र साह कानु जिल्ला सदस्य एवं छिपहरमाई गाउँपालिका–५ का वर्तमान वडाध्यक्ष मौजीलाल साह कानु, मुस्तकिम अन्सारी, रामप्रित महतो थारू, अमानत अन्सारी, नबिजान मियाँलगायतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमाले पर्साका अध्यक्ष थारुले जानकारी दिए।
पर्साको चार क्षेत्रमध्ये एउटामा मात्र एमालेले जितेको छ। प्रदेश सभाको आठ वटै क्षेत्रमा हार व्यहोरेको छ। एमालेले जसपासित गठबन्धन गरेर चुनाव लडेको थियो।यस्तै उक्त सचिवालय कमिटीको बैठक पार्टीको निर्देशनमा अनुशासन विपरित गतिविधि गर्ने २६ लाई स्पष्टीकरण सोधेको छ ।

महेश दास ,नरेश तिकडेवाल ,अमोद यादव, संजिव बहादुर छत्कुली, विश्वराज कुर्मी, जितेन्द्र पटेल ,सम्सुदिन अंसारी, सुनिल कुशवाहा, रामबाबु साह , प्रमोद यादव , महादेव साह कलवार
, इनरदेव चौधरी, रामनाथ चौधरी, रामराज यादव , हरिनारायण चौधरी , रामेश्वर साह कानु , फरिन्द्र कुशवाहा , जितेन्द्र साह कलवार, नाजिर मियाँ, गौरी शंकर साह कानु, महेन्द्र साह कलवार, विनोद साह कानु, विश्वेश्वर यादव , कुरान अलि , फुलमहमद मियाँ,रियाजुल मियाँ सचिवालय कमिटी बैठकले ठोरी गाउँपालिका कमिटी अध्यक्ष खगेन्द्र बहादुर श्रेष्ठसहित पालिका कमिटीलाई पनि स्पषटीकरण सोधेको छ ।

प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घात गर्ने केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजार र प्रदेश कमिटी सदस्य बश्रुदिन अन्सारीलाई कारबाहीका लागि केन्द्रिय कमिटीमा उक्त सचिवालयको बैठकले सिफारिश गरेको छ ।

हजार र अंसारी पार्टीका उम्मेदवारहरुलाई हराउन गतिविधि गरेको भन्ने कार्यकर्ताबाट व्यापक गुनासो आएपछि सचिवालय कमिटीले कारवाहीको माग गर्दै केन्द्रिय कमिटीमा सिफारिश गरेको छ । जिल्ला कमिटीले छानविन समितिले दिएको प्रतिवेदनको आधारमा कारबाहीको लागि केन्द्रिय कमिटीमा पठाएको जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर १७,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर १७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद