Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

धान–गहुँ फल्ने खेतमा अब बेसारखेती

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १४,बुधबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

तुलसीपुर, १४ मङ्सिर । कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर अहिले ती खेतमा बेसार फलिरहेको छ ।

तुलसीपुर–७ मिलनचोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँखेती गर्नुहुन्थ्यो । तर अहिले उहाँले बेसारखेती गर्नुभएको छ । यस्तै सोही ठाउँका ताराबहादुर अधिकारीले पनि गहुँभन्दा बेसारबाट नै आम्दानी हुन थालेपछि आफ्नो चार बिघा खेतमा बेसारखेती गर्नुभएको छ । उहाँहरुमात्रै होइन दाङमै बेसार उद्योग खुलेपछि धेरै किसान बेसारखेतीमा आकर्षित भएका छन् ।

तुलसीपुर–७ मिलनचोकमा बिटी ब्राण्डको नेपाल मसला उद्योग सञ्चालनमा आएपछि किसान बेसारखेतीमा आकर्षित भएका हुन् । “पहिले धान, गहुँ लगाउँथ्यौँ, कहिलेकाहीँ तरकारी पनि लगाउथ्यौँ”, कृषक अधिकारीले भन्नुभयो, “तर त्यो उत्पादन बजारीकरण हुन सक्दैनथ्यो, तरकारीबाट पनि त्यति आम्दानी लिन नसकेपछि बेसार नै लगाउन थालेका हौँ ।” त्यो उद्योगले किसानलाई बेसार उत्पादन गर्न प्रोत्साहनस्वरुप तालिम पनि प्रदान ग¥यो र बीउ पनि उपलब्ध गराएपछि किसानले बेसारखेती गर्न थालेका हुन् ।

उत्पादित सबै बेसारलाई त्यही उद्योगले खरिद गर्छ र प्रशोधन गरेर बजारमा बिक्री गर्ने गरेको छ । काँचो बेसार प्रतिकिलो रु ४० मा खरिद गर्ने गरेको छ । अधिकारीले मात्रै चार बिघा जग्गामा वार्षिक छ मेट्रिक टन जति बेसार उत्पादन गरेर उद्योगलाई उपलब्ध गराउने गर्नुभएको छ । अधिकारी र भण्डारीजस्तै तुलसीपुरका एक सय २० किसानले अहिले बेसारखेती गर्ने गरेका छन् । ती सबै नेपाल मसला उद्योगले खरिद गरेर प्रशोधनपछि बजारीकरण गर्ने गरेको छ ।

यसरी बेसार खरिद गरेर बजारीकरण गरिदिएपछि आफूहरूलाई घर चलाउन सहज भएको भण्डारीले बताउनुभयो । “हामीलाई अहिले बेसारखेती गरेर घर चलाउन सहज भएको छ”, उहाँले भन्नुभयो । तुलसीपुरको मोतीपुर, अम्बापुर, अम्वासलगायतका किसानले यसरी खेती गर्ने गरेका छन् ।

उद्योगले बेसारलाई प्रशोधन गरेर धुलो बनाई ३२ जिल्लामा पु¥याउने गरेको उद्योगका सञ्चालक जगदीश भण्डारीले बताउनुभयो । “किसानले उत्पादन गरेको वस्तु बजारमा नपुग्ने र खेतमै कुहिने अवस्था थियो”, उहाँले भन्नुभयो, “यसैलाई मध्यनजर गरी हामीले यो उद्योग सञ्चालनमा ल्याएका हौँ, यसले किसानको जीवनस्तर पनि माथि उठाएको छ ।”

विसं २०७३ मा स्थापना भएको उक्त उद्योग सुरुआतमा रु एक करोड २५ लाख खर्च भए पनि अहिलेसम्म करिब डेढ करोड लगानी भइसकेको उहाँको भनाइ छ । जिल्लामा बेसारखेती नहुने र बेसार बाहिरबाट आयात गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न पनि उद्योग सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।

“बेसारमा रोग प्रतिरोधात्मक शक्ति पनि हुन्छ, पौष्टिक कुरा पनि हुन्छ”, उहाँले भन्नभयो, “त्यसैले पनि बेसारलाई जिल्लामा उत्पादन गर्नुपर्छ भन्ने हेतुले कृषकलाई प्रोत्साहन ग¥यौँ भने बजारीकरणका लागि हामीले उद्योग सञ्चालनमा ल्यायौँ ।” अहिले उद्योग बजारीकरणका लागि चार र उद्योगमा काम गर्न अन्य १० कर्मचारीले काम गरिरहेको उहाँको भनाइ छ ।

बेसार उद्योगबाट वार्षिक रु चार करोडसम्मको कारोबार हुने गरेको छ । जसबाट पाँचदेखि सात प्रतिशत फाइदा हुने गरेको उहाँ बताउनुहुन्छ । अहिले वार्षिक तीन सय मेट्रिक टन बेसारलाई प्रशोधन गर्ने गरिएको भए पनि यसलाई बढाएर करिब एक हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । “अहिले धेरै जिल्लामा माग भइ पनि आएको छ”, उहाँले भन्नुभयो, “त्यसैले उत्पादन र प्रशोधन पनि त्यत्तिकै बढाउनुपर्ने अबस्था छ ।”

अहिले तुलसीपुरमा मात्रै २० बिघाको हाराहारीमा बेसारखेती हुने गरेको छ । उद्योगले बेसारसँगै चिल्ली पाउडर, अदुवा पाउडर, मरिच पाउडर, सिस्नो पाउडर, मासु मसला, गरम मसलालगायत गरी ४२ थरि मसलासमेत उत्पादन हुने गरेको छ । अब केही समयमा रामपुर कम्पोजिट मकै तथा तोरीको बीउ उत्पादन गर्नेसमेत उहाँले बताउनुभयो । (रासस)

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर १४,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर १४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद