Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

रगतका लागि सुरक्षा निकायकै भर

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
A A
file photo

file photo

1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

जाजरकोट, १३ मङ्सिर । यही मङ्सिर ११ गते नलगाड नगरपालिका–८ हल्चौरकी गर्भवती लक्ष्मी खत्रीको अत्यधिक रक्तश्राव भयो । उहाँको घरबाट झण्डै तीन घण्टा टाढा रहेको स्थानीय अस्पतालमा उपचार सम्भव भएन । यसपछि रु १४ हजार जिप भाडामा लिएर २५ कोस टाढा सदरमुकाम ल्याएर उपचार सुरु भयो ।

उपचारलगत्तै छोरीको जन्म दिएकी उनीलाइ तत्काल ‘बी’ पोजेटिभ रगतको आवश्यकता परेको जनाउँदै स्वास्थ्यकर्मीले विष्णु खत्रीलाई अह्राए । जिल्लामै ‘ब्लड बैंक’ नभएका कारण खत्रीले तत्काल जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय हुँदै नेपाली सेनासम्म रगत चाहिएको सम्पर्क गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले तत्काल प्रहरी जवान महेन्द्र थापालाई रक्तदान गर्न अस्पताल पठाउनुभयो । त्यस्तै डोल्पामा अस्पतालमा गत शनिबार रुकुमपश्चिम आठबीसकोट नगरपालिका–४ की कमला विकको पाठेघरभन्दा बाहिर नलीमा नवजात शिशु बसेका कारण समस्या आयो । सो समस्या आएपछि उनी डोल्पा अस्पताल पुगेकी थिइन् । उक्त जटिल खालको एक्सप्लोरेट्री ल्यापारोटामी शल्यक्रिया जिल्ला अस्पतालमै भयो ।

सो शल्यक्रियाका लागि रगतको आवश्यकता पर्दा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी जवानकै रगतको सहाराबाट विकको ज्यान बच्यो । यी त प्रतिनिधिमूलक घटनामात्र हुन् ।

जाजरकोट अस्पताल र डोल्पाको जिल्ला अस्पतालमा मासिक सातभन्दा बढी रगत दिनुपर्ने बिरामी आउँदा सेना, प्रहरी र स्वास्थ्यकर्मी आफैँले रगत दिएर ज्यान बचाउने गरेको डोल्पा अस्पतालमा डा अखण्ड उपाध्यायले बताउनुभयो । यातायातको सहज पहुँच नभएको डोल्पामा सबैभन्दा बढी समस्या आउने गरेको छ । जाजरकोट सदरमुकाममा समेत रगत व्यवस्थापन नहुञ्जेलसम्म दैनिक रगतकै समस्या हुने गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो ।

यस वर्षमात्र जाजरकोटमा १४ जनाको रगतकै समस्या समाधान भएको छ । छिमेकी जिल्ला रुकुमपश्चिममा समेत यही समस्या छ । कर्णालीका पहाडी जिल्लामा रगतको समस्या पर्नासाथ प्रहरी, सेना, स्वास्थ्यकर्मी र स्थानीयवासी नै खोज्नुपरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कहिलेकाहीँ रगतै नपाउँदा बिरामीका आफन्त रुने, कराउनेसम्म गर्दा उपचारमा खटिने स्वास्थ्यकर्मीसमेत आँखाबाट आँसु झार्नुपरेको घेरै घटना देखापरेको जाजरकोट अस्पतालमा कार्यरत स्टाफ नर्स नेप्लिजा पुनले बताउनुभयो ।

डोल्पा अस्पतालका डा उपाध्यायका अनुसार अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षमा मात्र डोल्पा अस्पतालमा कम्तीमा १० जनालाई रगत दिइएको छ । सबैभन्दा बढी हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा लैजाने सुत्केरीको सङ्ख्या डोल्पाकै रहेको छ । दुर्गम ठाउँमा सुत्केरी हुने अधिकांशको ज्यान रगत अभावकै जाने गरेको छ । घरमै असुरक्षितरूपमा सुत्केरी हुने र अत्यधिक समस्या परेपछि मात्र अस्पताल आउने अधिकांश सुत्केरी, घाइतेको ज्यान रगत अभावकै कारण जाने गरेको छ । पर्याप्त उपकरणका साथै स्रोत, साधन नभएका कारण दुर्गममा उपचार गर्न मुस्किल हुने र विश्वास गुमाउने गरेका छन् । रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद