Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

‘निजी क्षेत्र विकासको साझेदार’

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, १३ मङ्सिर । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्र विकासको साझेदार भएको बताउनुभएको छ । नेपाली सेनाको सैनिक कलेज तथा स्टाफ तालिम केन्द्रद्वारा सञ्चालित सिसं २९ कमाण्ड तथा स्टाफ तालिमका सहभागीसँग सोमबार भएको अन्तक्र्रियामा उहाँले सङ्घले गरेका विभिन्न सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरेको छ भन्नुभयो ।

पोखराको शिक्षा र भौतिक निर्माणमा सङ्घले ठूलो योगदान गरेको उल्लेख गर्दै उहाँले लगानी गरेपछि नाफा–घाटा दुवैको जोखिम रहने उल्लेख गर्नुभयो । राज्यले दिएको अधिकार प्रयोग गर्दै राज्यलाई कर तिरेर नाफा कमाउनु नै उद्यमशीलता भएको उहाँको भनाइ छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने हो भने सुरक्षा निकायले सर्वप्रथम स्वदेशी उत्पादन उपभोग गर्नुपर्ने बताउनुभयो । सरकार र सरकारी निकायले व्यापार गर्ने नभएर निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासेनानी जयन्द्र केसीले तालिमको औचित्यमाथि प्रकाश पार्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन, विदेशी छ जनासमेत ४२ प्रशिक्षार्थी तालिममा सहभागी रहेको जानकारी दिनुभयो । सेनानी प्रसन पुनले नेपालको आयात–निर्यातको अवस्था तथा निर्यात प्रतिस्थापनका उपायबारे जिज्ञासा राख्नुभयो भने सेनानी सावित्री जिसीले आयातित वस्तु नियन्त्रण र स्वदेशी उत्पादनको उपभोग बढाउन गर्नुपर्ने प्रयास सम्बन्धमा प्रश्न गर्नुभएको थियो ।

सेनानी सन्तोष चन्दले नेपाली सेनाले आर्थिक समृद्धिको लागि निजी क्षेत्रसँग कहाँ सहकार्य गर्न सक्छ भन्ने जिज्ञासा व्यक्त गर्नुभयो । उक्त अवसरमा सेनानी राजविक्रम ठकुरी, उमेश खड्का, सशस्त्रका प्रहरी नायब उपरीक्षक आनन्द थापामगर, मेजर वेदबहादुर खड्का, दीपेन्द्र भण्डारी, पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव बलराम आचार्यलगायतले बोल्नुभएको थियो ।(रासस)

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद