Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

मधेसबाट माओवादीको निर्वाचन चिह्न जोगाउने राय,को हुन राय

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ११,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, ११ मङ्सिर ।
मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद हुनुभएको छ ।

माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उहाँमात्रै निर्वाचित हुनुभएको छ । सर्लाही दुईबाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित हुनुभएको हो । रायले २३ हजार पाँच सय २९ मत पाउँदा महतोले २१ हजार पाँच सय १८ मत प्राप्त गर्नुभयो ।

मधेस प्रदेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उम्मेदवारी दिएको थियो । धनुषा–१ मा पार्टीका उपमहासचिव मातृका यादव जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित हुनुभएको छ । महोत्तरी–१ मा उपमहासचिव गिरिराजमणि पोखरेल नेकपा ९एमाले० नेता लक्ष्मी महतो कोइरीसँग र सिरहा–३ मा विश्वनाथ साह एमाले नेता लीलानाथ श्रेष्ठसँग पराजित हुनुभयो ।

विसं २०७४ मा राष्ट्रिय जनता पार्टीबाट सोही क्षेत्रबाट निर्वाचित राय अहिले पनि माओवादी होइनन् । उहाँ डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको अध्यक्ष हुनुहुन्छ । पार्टी फरक भए पनि उहाँ यसपटक गठबन्धनका कारण माओवादी केन्द्रको चुनाव चिह्न हसियाँ हथौडा लिएर चुनावमा होमिनु भएको थियो ।

को हुन राय

राय नेपाली राजनीतिको परिचित नाम हो । विसं २०६२÷६३ अघिसम्म एमालेबाट राजनीति गर्नुभएका राय सो पार्टीको केन्द्रीय सदस्यसमेत बन्नुभयो । सोही पार्टीबाट २०५१ को मध्यावधि निर्वाचन र २०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेर सर्लाहीबाट निर्वाचित हुनुभयो ।

तर २०६२÷६३ को आन्दोलनपछि एमाले परित्याग गरी तराई–मधेस लोकतान्त्रिक पार्टी स्थापना गरेर त्यसको महासचिव बन्नुभयो । राजनीतिक घटनाक्रमले मधेसवादी दल जुट्न र फुट्न थालेपछि उहाँ तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टी हुँदै राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको सदस्यसमेत हुनुभयो । पछि राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरम एकीकरण गरी बनेको जनता समाजवादी पार्टी हुँदै अहिले नेपाल समाजवादी पार्टीको आवद्ध हुनुहुन्छ ।

राय २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही–४ बाट विजयी हुनुभएको थियो । संविधान निर्माणपछिको पहिलो आमनिर्वाचन २०७४ मा पनि उहाँ सर्लाही–२ बाट निर्वाचित हुनुभयो । उहाँ २०५४ मा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र २०७४ को निर्वाचनपछि कृषि तथा पशुपक्षी विकासमन्त्री बन्नुभएको थियो ।(रासस)

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०७९ मंसिर ११,आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०७९ मंसिर ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद