Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

वीरगन्ज उद्योग वाणिज्य संघको सभाकक्षमा ८औं उद्योग दिवस मनाइयो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ९,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०९ मंसिर – वीरगन्जमा ८औं उद्योग दिवस मनाइएको छ । उद्योग विभाग, घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगन्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा ८ औं उद्योग दिवस मनाइएको हो । संघको सभाकक्षमा शुक्रबार ८ औं उद्योग दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले वीरग्नज उद्योग वाणिज्य संघको परिसरमा सङ्घको झण्डा झण्डोत्तोलन गरे । त्यही अवसरमा घरेलु तथा साना उद्योग कार्यालय र वीरगन्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा संघको सभाकक्षमा “औद्योगिक लगानी र पूर्वाधार ः समृद्धिको बलियो आधार” भन्ने नारा सहित अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले उद्योगहरु स्थापनाका लागि औद्योगिक वातावरण निर्माण गरिने, औद्योगिक शान्ति सुरक्षाको व्यवस्था मिलाइने, उद्योग सम्बन्धी नीतिगत समस्याहरुमा सुधारको लागि पहल गरिने बताए ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनन्जय कुमार सिंहले घरेलु तथा साना उद्योग सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघको परिसरमा अनवरण गरिएको निलो पृष्ठभूमिमा संघको लोगो अंकित ५ फिट चौडाई र २।५ फिट उचाई भएको झण्डा अनवरत रुपमा फहरिने बताएदै संघका कार्यवाहक अध्यक्ष हरि गौतमले यस झण्डाले उद्योगी व्यवसायीहरुमा एकता कायम राख्ने बताए । उनले सरकारी नीति नियमहरु स्थिर नरहेकोले उद्योगहरु फस्टाउन नसकेकोले दीर्घकालीन नीति नियमको तर्जुमा हुनु पर्नेमा जोड दिए ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले उद्योगहरुको स्थापनाको लागि चाहिने सामाजिक संस्कारको विकास हुन नसकेको बताए । उनले स्वदेशी लगानीमा सञ्चालित उद्योगहरुको संरक्षण नभइञ्जेल अर्थात् उनीहरुको लगानी संरक्षण हुने सुनिश्चितता नभइञ्जेल विदेशी लगानी भित्रिन नसक्ने बताए ।

उद्योग विभागका महानिर्देशक सुशील कुमार साहले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, महासचिव मनोज कुमार दास लगायतको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत
मुख्य समाचार

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत

प्रकाशित : २०७९ मंसिर ९,शुक्रबार
पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर

प्रकाशित : २०७९ मंसिर ९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद