Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नवलपरासी २ : नेकपा (एमाले)को तीन दशक लामो विरासत भत्काए

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ९,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

९ मंसिर २०७९ नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले को छ ।
सत्ता गठबन्धनका दलका साथ पाएर उम्मेदवार बन्नुभएका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काउनुभएको हो ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आज सार्वजनिक हुँदा कांग्रेसका उम्मेदवार कार्कीले एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीलाई दुई हजार २१ मतान्तरले पराजित गर्नुभएको थियो । यहाँबाट निर्वाचित कार्कीले ३६ हजार एक सय चार मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका क्षेत्रीले ३४ हजार ८३ मत पाउनुभएको छ ।
नवलपुरको निर्वाचन क्षेत्र नं २ बाट विसं २०४८ को निर्वाचनमा एमालेका उम्मेदवार मोजीलाल थनेत थारू निर्वाचित हुनुभएको थियो । त्यसैगरी २०५१ को मध्यावधि निर्वाचनमा एमालेका चन्द्रमणि खराल यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । विसं २०५६ मा भएको आमनिर्वाचनमा एमालेका तर्फबाट पुनः मोजीलाल थनेत थारू निर्वाचित हुनुभयो ।

पहिलो संविधानसभा सदस्यको निर्वाचन २०६४ मा एमाले तेस्रो शक्ति बन्दासमेत यस क्षेत्रबाट एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेल निर्वाचित हुनुभएको थियो । त्यसैगरी दोस्रो संविधानसभा सदस्यको निर्वाचन २०७० मा एमालेकै जीवन श्रेष्ठ तथा आमनिर्वाचन २०७४ मा एमालेका तिलबहादुर महत क्षेत्री यहाँबाट निर्वाचित हुनुभएको थियो ।

उनै क्षेत्री अहिले संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार कार्कीसँग दुई हजारभन्दा बढी मतान्तरले पराजित हुनुभयो । एमालेको तीन दशकभन्दा लामो विरासत भत्काउनु सानो उपलब्धि नभएको कांग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसी बताउनुहुन्छ । “यहाँ एमालेको राम्रो प्रभाव रहेको छ, प्रदेशको दुवै क्षेत्र एमालेले जितेको अवस्थामा सङ्घ हामीले जित्नु ठूलो उपलब्धि हो”, जिसीले भन्नुभयो, “यो जितलाई आगामी दिनमा कायम राख्नका लागि हामीलाई अझ बढी चुनौती थपिएको छ ।”

यहाँको दुवै प्रदेशसभामा एमालेका उम्मेदवारले ठूलो मतान्तरले जित निकालेका थिए । प्रदेशमा जितेको पार्टी सङ्घमा हार्दा साङ्गठनिकरूपमा एमालेलाई धक्का लागेको पार्टीका जिल्ला अध्यक्ष रोशबहादुर गाहा मगरले बताउनुभयो । “पार्टीले नसोचेको निर्वाचन क्षेत्रमा हार व्यहोरेको छ”, मगरले भन्नुभयो, “हामी यहाँ के कारणले हा¥यौँ भन्ने विषयमा हामीले पार्टीको समीक्षा बैठकमा निर्णय गर्नेछौँ ।” साङ्गठनिकरुपमा बलियो भए पनि हार्नुको कारण खोतलिने मगरको भनाइ छ ।

नवलपुर–२ मा अघिल्लो निर्वाचन २०७४ मा कार्की एक हजार तीन सय तीन मतले क्षेत्रीसँग पराजित हुनुभएको थियो । तत्कालीन समयमा महतले ३९ हजार ५३ मत प्राप्त गर्दा कार्कीले ३७ हजार सात सय २० मत प्राप्त गर्नुभएको थियो । रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर ९,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर ९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद