Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मन्त्री चौधरी संसदीय यात्राको पहिलो खुड्किलो पार गर्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ९,शुक्रबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

९ मंसिर २०७९ काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले दोस्रोपटक सांसद निर्वाचित भई संसदीय यात्राको पहिलो खुड्किलो पार गर्नुभएको छ ।

विसं २०७४ को निर्वाचनमा दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट सांसद निर्वाचित हुनुभएका चौधरी २०७८ सालमा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको थियो । समाजवादीमा प्रवेश गरेपछि भने उहाँ पहिलोपटक सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनी विजयी हुनुभएको हो ।

विसं २०२९ चैत १० गते दाङको गठवामा भगवतीप्रसाद र थिवरात्री चौधरीको सुपुत्रका रुपमा जन्मनुभएका उहाँले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । राजनीतिसँगै हाल उहाँ विद्यावारिधि अध्ययनरतसमेत हुनुहुन्छ ।

विसं २०४५ मा नेकपा मालेको सदस्यता लिएर उहाँले राजनीति सुरु गर्नुभएको हो । विसं २०४६ मा उहाँले अनेरास्ववियु छैटौँको सदस्यता लिनुभयो । चौधरी २०४७ सालमा एमाले प्रवेश गर्नुभयो । विसं २०४८ मा चौधरीले अनेरास्ववियुको क्याम्पस प्रारम्भिक कमिटीमा बसेर काम गर्नुभयो । उहाँ २०७५ सालमा एमाले र माओवादी एकता केन्द्र भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य बन्नुभयो । चौधरीले नेकपाको दाङ जिल्लाको सहइञ्चार्ज भएर पनि काम गर्नुभयो ।

विसं २०७४ मा सांसदमा निर्वाचित भएपछि उहाँले संसद्का अर्थ समितिमा बसेर पनि काम गर्नुभयो । विकास र अर्थतन्त्रमा विशेष रुची राख्नुहुने मन्त्री चौधरी २०५९ सालमा भएको प्रतिगमनविरुद्धको आन्दोलनका क्रममा तीन महिना जेल बस्नुभएको थियो । सांसद चौधरी आफूलाई समानताको पक्षधर तथा सामाजिक सद्भाव र एकताको पक्षधरका रुपमा परिचित गराउन चाहनुहुन्छ ।

पिछडिएको क्षेत्र, जात र समुदायको पक्षमा उहाँले निरन्तर वकालत गदै आउनुभएको छ । अधिकार र पहिचानका लागि हुने आन्दोलनमा मन्त्री चौधरीको नेतृत्वदायी भूमिका रहँदै आएको छ । तीन दशक लामो राजनीतिक यात्राका क्रममा उहाँले दोस्रोपटक सांसद हुने अवसर पाउनुभएको हो ।

एमालेकी शान्ता चौधरीलाई पाँच हजार मतान्तरले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । मन्त्री चौधरीले २६ हजार पाँच सय ६३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी शान्ताले २१ हजार चार सय ७९ मत पाउनुभएको छ ।रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर ९,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर ९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद