Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साका २ जनाकाे माेटरसाइकल दुर्घटनामा मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ९,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,०९ मंसिर : पर्सा जिल्लाका २ जनाको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुरमा मोटरसाईकल दुर्घटनामा परि पर्सा जिल्लाका २ जनाको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँके जङ्गलमा बिहीबार राति दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँएदा २ जनाको मृत्यु र अन्य २ जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार २ जनाको मृत्यु भएको हो।

दुर्घटनामा पर्साकाे मिर्जापुर घर भएका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलाल प्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेलको मृत्यु भएको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए। दुवैको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

दुर्घटनामा सिरहाको करजनहा नगरपालका–११ का ५० वर्षीय चन्देश्वर महतो र उनकी श्रीमती ४५ वर्षीया जयन्तीदेवी महतो घाइते भएकी छन्। घाइते दुवैको लालबन्दी नगरपालिकाको नवलपुरस्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ मंसिर ९,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ मंसिर ९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद