Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रदेशसभा सदस्यमा चौधरी निर्वाचित,पर्सामा काँग्रेसको दोश्रो जित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ६,मंगलवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०६ मंसिर : पर्सामा नेपाली काँग्रेसले लगातार दोश्रो जित हात पारेको छ । पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार शंकर चौधरी निर्वाचित भएका हुन् ।

मंगलबार बेलुकी पर्सा ४ (क) को सकिएको मगणनाको अन्तिम परिणाम अनुसार , निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जय प्रकाश थारुलाई १ हजार ७ सय १६ मत अन्तरले पछि पार्दै चौधरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

चौधरी , दोश्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि यहि प्रदेशसभा क्षेत्रबाट चौधरी निर्वाचित भएका थिए । त्यस बेला पनि चौधरीले थारुलाई नै पराजित गरेका थिए ।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहेका चौधरीले १२ हजार १ सय ५४ मत पाएका हुन् । जसपा–एमालेका साझा उम्मेदवार थारुले भने १० हजार ४ सय ३८ मत मात्रै पाएका छन् ।पराजित थारु , एमालेका जिल्ला अध्यक्ष हुन् । स्वतन्त्र उम्मेदवार वीरेन्द्र यादवले ३ हजार २ सय ३१ मत पाएका छन् ।

यसअघि पर्सा क्षेत्र २ को (क) मा काँग्रेसका श्याम पटेल प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।पर्सा जिल्लामा ४ वटा प्रतिनिधीसभा सदस्य र बाँकी ६ वटा प्रदेशसभा सदस्य पदका लागि भने मतगणना जारी छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ मंसिर ६,मंगलवार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ मंसिर ६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद