Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्थानीय प्रशासन र निर्वाचन आयोगलाई सम्बेदनशील बन्न आग्रह स्वतन्त्र -उम्मेदवार अजय कुमार द्विवेदी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १ मंसिर । पर्साको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले जनमतलाई पैसाले दबाउन खोजिएको बताउनु भएको छ । निर्वाचनलाई प्रभावित पार्ने उदेश्यले भारतीय नम्वरका गाडीहरु प्रयोग भएको र रातको समयमा मतदाताको घरमा पुगेर रकम बाड्ने काम भएको सूचना आइरहेकोले त्यस तर्फ आयोगको ध्यान जान नसकेको द्विवेदीले बताउनुभयो ।

स्थानीय प्रशासन र निर्वाचन आयोगलाई सम्बेदनशील बन्न आग्रह गर्नुभयो । बिहीबार पत्रकारहरुसँगको सात्क्षारमा निर्वाचन आयोग र स्थानीय प्रशासनले मतदातालाई निष्पक्ष र भयरहति रुपमा आफनो अभिमत प्रकट गर्ने वतावरण बनाईदिनुपर्नेमा जोड दिनुभयो । स्वतन्त्र उमेदवार द्विवेदीले आम नागरिकलाई पनि बिना वर्दीको प्रहरी र समाजालाई सही दिशामा लाने पत्रकार पनि भएकोले आफ्नो गोप्य मतलाई किन्न आउनेहरुलाई जवाफ दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुयभयो, ‘पैसाको बिटा लिएर आउलान, धाक धम्की देलान त्यसको भिडियो बनाउनुहोस फोटो खिच्नुहोस र सार्वजिन गर्नुहोस तपाई चेतनाले राजनीतिक क्षेत्रमा देखिएको विकृति अन्त्य हुन्छ । अब जनताको आवाज नसुन्नेहरु बढारिन्छन् ।” पत्रकारको सवालको जवाफ दिदै उम्मेदवार द्विवेदीले पर्साको क्षेत्र नं १ का जनता राजनीतिक परिवर्तनको पक्षमा रहेको बताउनुभयो ।पार्टी र उम्मेदवार भन्दा नागरिक अगाडि छन नागरिकले यसपाली आफनो अभिमत निष्ठा र राजनीतिको जीतकालागि ब्यक्त गर्ने आफूमा बिश्वास रहेको द्ववेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीति निष्ठाको राजनीति विचारको हुनुपर्छ भन्ने आम जनताको आवाज रहेको छ । आजको राजनीतिमा आम जनताको आवाज जसरी ओझेल भएको छ । यो राजनीतिको लागि सुखद पक्ष होईन । दल दलको रुपमा मात्रै छ । दलको झण्डा छ । तर, दलको सिद्धान्त देखिदैन । शासन छ तर, शासनमा जनताको भागीदारी देखिदैन । जहाँ जनताको आवाज सुनिदैन जहाँ जनताको आवाज सुनिदैन त्यो राजनीति टिकाऊ हुदैन । त्यसकारण आम जनताले आफ्नो भागेदारी खोज्ने, आफ्नो आवाज सुनिने, आम जनताले आफू म छु भन्ने महशुस गर्नलाई जनताको आवाज बनेर आएको छु । आजसम्म जसरी साथ दिईरहनु भएको छ । यो स्थिर समय (मौन अवधिं) मा पनि साथ दिन आग्रह गर्छु ।”

पर्साको क्षेत्र नम्बर १ बाट जनताको आवाज संसदमा घन्किने एउटा राजनीतिक मोडेल पर्साबाट शुरु हुने विश्वास समेत दिलाउनुभयो । लोकतन्त्र दलमा आयो त्यसपछि कार्यकर्ताको हातमा आयो तर, जनताको लोकतन्त्र आएन । अब जनताको लोकतन्त्र बन्ने अभियान शुरु हुनेपनि उहाँले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ मंसिर १,बिहीबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ मंसिर १,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद