Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सही नेतृत्वकर्ताको पहिचान गरेर भोट हाल्न प्रदीप यादवको अनुरोध

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २२,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २१ कार्तिक । जनता समाजवादी पार्टी नेपाल र नेकपा एमाले गठबन्धनको तर्फबाट पर्सा निर्वाचन क्षेत्र अनाम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार प्रदीप यादवले मतदातासँगको भेट र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

मङ्गलबार बिहान यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ को भवानीपूर र इनर्वा टोलका घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका हुन् । भेटघाटका क्रममा यादवलाई स्थानीयहरुले ठाउँठाउँमा फुलमाला लगाएर स्वागत गर्दै शुभकमना दिएका थिए ।

निवर्तमान वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले सही नेतृत्वकर्ताको पहिचान गरेर भोट हाल्न मतदाताहरुसँग आग्रह गरे । उनले नेतृत्वमा रहेर जनताको दु:खसुखमा काम लाग्ने, जनताको सेवामा निरन्तर खट्ने र विकास निर्माणको कामलाई प्राथमिकता दिने उम्मेदवारलाई चुनेर संसद्मा पठाउन मतदाताहरुसँग अपिल गर्दै छाता छापमा मतदान गर्न आग्रह गरेका थिए ।

यादवले भने, ‘अब मतादाताहरुलाई भ्रमित पार्न सकिँदैन । उहाँहरुले को सही नेतृत्वकर्ता र को अवसरवादी भनेर छुट्याउन सक्नु हुन्छ । उहाँहरुले आफ्नो दु:खसुखमा काम लाग्ने नेतालाई छान्नु हुन्छ । निर्वाचनको समयमा आएर मात्र जनताको घरघर पुग्नेलाई उहाँहरुको मत पर्दैन ।’

यादवले पाँच वर्षसम्म आफूले सांसद्का रुपमा सदनमा निरन्तर पर्सावासी र मधेश प्रदेशको हितका लागि आवाज उठाएक स्मरण गराउँदै भने, ‘म अघि पनि पर्सा जिल्लाको प्रतिनिधित्व गर्दै धेरै व्यक्ति संसद् भवनसम्म पुग्नु भएको थियो । तर यहाँका जनताका लागि मैले जतिको उहाँहरुले बोल्नु भएको छैन होला । मैले यहाँको सानोभन्दा सानो समस्यालाई पनि संसद् भवनमा उठाएर पर्सावासीको समस्यालाई राष्ट्रिय मुद्दा बनाएको छु ।’

घरदैलो कार्यक्रममा जसपा-एमाले गठबन्धनको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेशसभा सदस्य उम्मेदवार विचारी प्रसाद यादवको पनि सहभागिता रहेको थियो । यादवले पनि जसपा-एमाले गठबन्धन देश र जनताको हितका लागि भएको कारण आफूहरुलाई निर्वाचित गराएर पठाउन आग्रह गरे । उनले सत्ताधारी गठबन्धन भ्रष्टचारी र राष्ट्रघाती भएको आरोप लगाउँदै मूलुकको स्वाधिनता जोगाउन जसपा-एमालेको पवित्र गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा जसपा तथा नेकपा एमालेका नेताहरुले जसपा-एमाले गठबन्धन जिन्दावाद, प्रदीप यादव जिन्दावाद, छाता छाप जिन्दावाद, छाता छापमा मतदान गरौँ जस्ता नारा पनि लगाएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २२,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद