Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जनता लोेभ्याउन बाड्दै गरेको चापाकल(धारा) पर्सा प्रहरीको नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

पर्सा, २१ कात्तिक / हालसम्म चापाकल बाड्न नसकेका नेताहरु जनता लोभ्याउन निर्वाचनको समयमा चापाकल(धारा) बाड्ने क्रममा पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेको कार्यकर्ताले चापाकल(धारा) बाडिरहेको बिषयमा सुचना पाउनासाथ खटिएको प्रहरी टोलीले एमालेको कार्यकर्ताको घरबाट चापाकल(धारा) बरामद गरेको हो ।
प्रहरी चौकी अमरपटी र सशस्त्र प्रहरी बल इटीयाहीबाट खटिएको प्रहरी टोलीले बिन्दवासनी गाउपालिका वडा नम्बर ४ अमरपटी निवासी एमालेका कार्यकर्ता धिरज चौरसियाको घरबाट चापाकल(धारा) बरामद गरेको छ । धिरज चौरसिया नेकपा एमालेबाट वडा अध्यक्ष प्रत्यासी समेत हुन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले धिरज चौरसियाको घरबाट १६ थान मुडा, १६ थान हयान्डील, डिआई पाइप २ सय पिस (२० बण्डल) बरामद गरिएको बताए ।
यता निर्वाचनको समयमा चापाकल बाड्ने नेता भ्रष्टाचारी बाहेक केही हुन नसकेको स्थानीयहरुले बताउन थालेका छन । निर्वाचनको समयमा चापाकल(धारा) बाड्ने र निर्वाचित भए पश्चात जनताको रगत चुस्ने आरोप लगाउदै आफुहरु लोभमा नपरेको स्थानीयहरु बताए । मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनता लोभ्याउने नेतालाई स्विकार गर्न नसक्ने भन्दै स्थानीयहरुले आक्रोष पोखेका छन ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बिन्दवासनी गाउपालिका वडा नम्बर ४ अमरपटी निवासी धिरज चौरसियाको घरबाट चापाकल(धारा) बरामद गरिएपनि उक्त धारा कसको हो भन्ने खुलाएन्न ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद