Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रह्लाद गिरी फैक्टरले गुप्ता माथी थप दवाव सृजना

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज ।
पर्सा क्षेत्र नं. ३ का एमाले-जसपा गठबन्धनका उम्मेदवार राजकुमार गुप्ताको पक्षमा जनमत देखिए पनि आन्तरिक रूपमा उनको स्थिति कमजोर देखिएको छ ।

पार्टी भित्रको आन्तरिक विवाद मिलाउन नसक्नु प्रदेशसभामा आफूले प्रतिबद्धता व्यक्त गरेको व्यक्तिहरुलाई उम्मेदवार बनाउँछु भनेर अन्य पार्टीबाट ल्याएर अलपत्र बनाउनु जस्ता कार्यले गर्दा गुप्ता कमजोर बन्न थालेका छन् ।

राजकुमार गुप्ताले पर्सा क्षेत्र नं. ३ को १ बाट निर गिरीलाई उम्मेदवार बनाउँछु भनेर नेपाली कांग्रेस छोडाएर ल्याएका थिए । निर गिरी अहिले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैगरी ३ को २ बाट किरण गुप्तालाई उम्मेदवार बनाउँछु भनी ल्याएका थिए । अहिले राजकुमार गुप्ताले ज.स.पा.बाट अबदुल रहिम अन्सारी (मन्जुर) लाई १६ वटा वार्डको सम्पुर्ण निर्वाचन खर्च ब्याेहोर्नु पर्छ भन्दै रातारात नेकपा एमाले ल्याएर लडाउँदैछन् । जस्को कारणले गर्दा सुगौलीका निर्वतमान प्रमुख हरिनारायण चौधरी र सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले नहर माथि भोट चाहिएकोमा मन्जुरलाइ लिएर नआउनु भन्दै ठाडै जवाफ बिहीवारको मीटिंगमा फर्काए पछि गुप्ता तनावमा छन् ।

प्रह्लाद गिरी फैक्टरले गुप्ता माथी थप दवाव सृजना गरेको छ । पर्सा जिल्लाकै पुरानो वामपन्थी नेताका रूपमा चिनिए तापनि पार्टी परिवर्तनमा चलायमान देखिएका गिरी नेकपा एमालेमा प्रवेश गर्दा गुप्ता चिढिए । टिकट पाउने सम्भावना नदेखेपछि प्रह्लाद गिरी क्षेत्र नं.३ को २बाट उम्मेदवारी दिए । प्रह्लाद गिरी अहिले नेकपा एसबाट उम्मेदवारी दिएका छन् ।
प्रदेश सभामा उनको आफ्नो प्रभाव क्षेत्रमा विन्दवासिनी गाउँपालिका र पोखरीया नगरपालिका छ। त्यहाँबाट राजकुमार गुप्तालाई मत नजाओस् भनी कडा फिल्डिङमा गिरी व्यस्त छन् ।

आफ्नो चाहेजस्तो परिणाम निकाल्न राजकुमारले कडा मेहनत गर्न जरुरी छ। सभार अंकुश

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद