Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पाँच दलीय गठबन्धनकै लहर अहिले मधेस र देशभर छ : अजय चौरसिया

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१७ कार्तिक : पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यमा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार अजय चौरसियाले कम्युनिष्ट शासन भएको देशको इशारामा जसपाले मधेस विरोधी एमालेसंग अपबित्र गठबन्धन गरेको बताएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा बिहीबार राति आयोजित चुनावीसभालाई सम्बोधन गर्दै काँग्रेस उम्मेदवार चौरसियाले भने ,‘ उत्तरको छिमेकी राष्ट्रको इशारामा जसपा सत्ता गठबन्धन छाडेर अचानक मधेस विरोधी एमालेसंग मिल्यो , जुन देशमा कम्युनिष्ट शासन छ , जहा जनताले भोट दिन पनि पाउदैनन् ।
उनले जसपाले जिते केन्द्रमा केपी ओलीलाई समर्थन गर्ने र एमाले सरकारले फेरि मधेसीलाई अधिकारबाट बन्चित गराउने बताए ।
मधेसका अधिकारका लागि सधै वकालत गर्ने पार्टी काँग्रेस , लोसपा , माओवादी र नेकपा एस रहेको जिकिर उनले गरे । तर यदि जसपा जित्यो भने केन्द्रमा ओलीलाई समर्थन गरेर सरकार बनाउछ , जुन ओली सरकारले न कहिल्यै मधेसलाइ अधिकार दियो न दिनेछ , उनले भने । त्यसका कारण पाँच दलीय गठबन्धनलाइ मत दिएर जिताउन उनले आग्रह गरे ।
उनले आफुले चुनाव जिते पर्सा क्षेत्र नम्बर २ मा सुविधा सम्पन्न बृद्धाश्रम बनाउने वाचा गरे । यसका साथै एउटा प्राविधिक क्याम्पस स्थापना गर्छु , जुन क्याम्पसमा यस क्षेत्रका युवा , युवतीहरुले प्राविधीक अध्ययन गरेर र तालिम लिएर रोजगारी गर्ने छन् , उनले भने ।
उनले मधेस र देशभर अहिले पाँच दलीय गठबन्धनकै लहर रहेको जिकिर पनि गरे । उनले भने ,‘ अबको चुनावबाट मधेसमा पनि पाँच दलीय गठबन्धनकै सरकार बन्छ , केन्द्रमा पनि यहि गठबन्धनको सरकार बन्छ , दुवै सरकारले मधेस र देशलाई समृद्ध बनाउछ ।
चुनावीसभालाई गठबन्धनबाट लोसपाका प्रदेशसभासदस्य उम्मेदवार रमेश कुर्मी, मधेस प्रदेशका पूर्वमन्त्री ओम प्रकाश सर्राफ , पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव लगायतले पनि सम्बोधन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद