Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महानगरका ३२ वटै वडामा लामखुट्टे नियन्त्रणका लागि एयर स्प्रे सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि हरेक दिन ‘एयर स्प्रे’ गर्न सुरु गरेको छ ।
जाडो मौसमको सुरुवातमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि महानगरले हरेक वार्डमा दैनिक तालिका बनाएरै बिहान बेलुका ‘एयर स्प्र’ गर्न सुरु गरेको हो ।
वीरगञ्जका मेयर राजेशमान सिंहले नगरवासीलाई लामखुट्टेको प्रकोपबाट बचाउन दैनिक तालिका बनाएर हरेक वडामा स्प्रे गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । त्यही अनुरुप १५ गते मंगलबारबाटै स्प्रेको काम सुरु भएको छ ।
महानगरले कात्तिक १५ गतेदेखि तालिका नै बनाएर हरेक वार्डमा ऐयर स्प्रे गर्ने कामलाई तिब्रता दिएको छ । जस अनुसार बिहानको समयमा तीन राउण्ड र बेलुकाको समयमा २ राउण्ड स्प्रे गर्ने तालिका अनुसार महानगरका कर्मचारी स्प्रे गर्न खटिएका छन् ।
पहिलो दिन मंगलबार महानगरबाट आदर्शनगर, घडिअर्वा, माइस्थान, घण्टाघरहुँदै गण्डक र सिडियो कार्यालय, बसपार्क क्षेत्रमा स्प्रे गरिएको थियो । दोस्रो दिन बुधबार १ नम्बर रोड, २ नम्बर र ३ नम्बर रोडसहित नारायणी अस्पताल र भन्सार क्षेत्रमा स्प्रे गरेको छ । यस्तै बिहीबार वडा नम्बर १, २, ३ मा स्प्रे गर्ने काम भएको र यो अभियान ३२ वटै वडामा मंसिर १२ गतेसम्म चल्ने महानगरपालिकाका मेयर सिंहले जानकारी दिए ।
चिसो र गर्मी मौसम शुरु हुँदै गर्र्दा वीरगञ्जमा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकोलाई नियन्त्रण गर्न महानगरले औषधि छर्ने अभियान अघि बढाएको हो ।
लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रण गर्न ३२ वटै वडामा ‘एयर स्प्रे’ सुरु गरिएको नगरप्रमुख सिंहले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद