Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लोकतान्त्रिक बाम गठबन्धन प्रतिको बढ्दो जनलहरले विपक्षीहरु अत्तालिएका छन् ः अजय चौरसिया

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१५ कार्तिक ः पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनले चुनाव नजिकिदै जादा मतदातासंगको भेटघाट कार्यक्रमलाई झन तिब्र पारेको छ ।
काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्यका उम्मेदवार श्याम पटेलले मङगलबार पनि चुनावी घरदैलो गरेका छन् । नेता कार्यकर्ता सहित दुवै उम्मेदवारले पर्सागढी नगरपालिका वडा नम्बर ७ को टिकुलीया, एकटांगा , रघुनाथपुर , फुलवरीया र बागेश्वरीमा पुगेर मतदालाई भेटेका हुन् । त्यसक्रममा दुवै उम्मेदवारलाई त्यहाका स्थानीयले फुलमाला लगाएर स्वागत पनि गरेका थिए । मतदातासंग भेट्दै प्रतिनिधीसभा सदस्यका उम्मेदवार चौरसियाले काँग्रेस प्रति बढ्दै गइरहेको जनलहरले विपक्षीहरुले आत्तिएर भ्रम फैलाइरहेकाले त्यस्ता भ्रममा नपर्न आग्रह गरे ।
उनले सधै मधेस र मधेसीको विरोधमै रहदै आएको एमालेसंगै जसपाले अहिले आएर बढि सिटका लागि अचानक साँठगाँठ गरेकोले जसपा पनि मधेस विरोधीकै कित्तामा उभिएको पैष्ट भएको बताए ।
मधेस काँग्रेसको आधार क्षेत्र भएकाले काँग्रेसले सदैव मधेसको मर्म बुझदै आएकाले मधेसी जनता यसपालि पनि काँग्रेसकै साथमा रहेको बताए । चौरसियाले भने ,‘ जसपा जो सिटको बहानामा मधेस विरोधीसंग घाँटी जोड्न पुगेको छ , सिट बढि पाएपछि उसलले मधेस मधेसीको एजेन्डा चटक्कै बिर्सियो , त्यस्ता दल र उसका उम्मेदवारलाई मधेसी हु भनेर भोट माग्ने कुनै नैतिकता नै छैन ।
नागरिकता लगायत मधेसका मुद्धा सम्बोधनका लागि काँग्रेस नेतृत्वको सरकारले पटक पटक प्रयास गर्दा पनि एमालेकै कारण रोकिएको यथार्थ जनता माझ छर्लङग नै रहेको पनि उनले बताए । चौरसियाले भने ,‘ अब पनि त्यहि मधेस विरोधी र उससंग साँठगाँठ गर्ने जसपाले जित्यो भने नागरिकताको समस्या फेरि सामधान हुदैन ।
चौरसियाले प्रतिगमनका मतियारहरुलाइ जनताले यसपालि अवश्य सबक सिकाउने पनि बताए । चुनावी घरदैलो कार्यक्रममा काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी , लोसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद