Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

क्षेत्र नम्बर ४ का मतदाता भन्छन् : अब पार्टी भन्ने होइन, एउटा शिक्षित नेता रिजाललाई चयन गर्छौँ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – पर्साको क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार रमेश रिजालले जगरनाथपुरको लक्ष्मीपुरमा रहेको दलित वस्तिमा सहभोज गर्दै चुनावमा सहयोग गर्न आग्रह गरेका छन् ।

शुक्रबार साँझ जगरनाथपुर गाउँपालिकाको वडा नम्बर २ लक्ष्मीपुरमा अगुवा कार्यकर्तासँग भेट गर्दै वस्तिमै सहभोज गरिएको हो ।

सो अवसरमा लोसपाका नेता तथा स्थानीय अफताब आलमले चुनावमा पार्टी मात्रै नहेरी शिक्षित र योग्य उम्मेद्वार चयन गर्न सबैलाई आह्वान गरे । उनले भने, ‘अहिले पार्टी पार्टी भन्ने होइन, एउटा शिक्षित नेतालाई चुन्न जरुरी छ । औठाछाप नेतालाई जिताए आफूहरुको भविष्य अन्धकार हुने हुँदा कुशल र शिक्षित उम्मेद्वार रिजाललाई सबैले मिलेर जिताऔँ ।’

सत्तारुढ गठबन्धनबाट उम्मेद्वार रहेका रिजाल योग्य, कुशल र जनताको बीचमा रहने नेता भएकाले उनको पक्षमा सबै लाग्नु पर्नेमा उनको जोड थियो । विपक्षि उम्मेद्वार विभिन्न मुद्दै मुद्दा खेपेका, शोषक रहेको सबैलाई अवगत रहेकाले उनलाई यो चुनावबाट जवाफ दिनु पर्ने उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता रिजालले आफू सँधै जनताको पक्षमा, जनतासँगै रहेर काम गरेको स्मरण गर्दै अहिले पनि आफ्नो जित जनताकै हातमा रहेको बताए ।

प्रतिगामी शक्तिका साथै सोषक र सामन्तिलाई परास्त गर्न सबै एक जुट हुनुको विकल्प नभएको भन्दै उनले आउँदो चुनावमा एक जुट भएर लाग्न आह्वान गरे ।

लक्ष्मीपुरका मतदाताले रिजालको पक्षमा आफूहरु मतदान गर्न आतुर रहेको भन्दै यो साथ निरन्तर रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कांग्रस पर्साका प्रवक्ता रमेश पान्डे, सह सचीव नवीन सिंह, महाधिवेशन प्रतिनिधि रामदेव चौहान, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, लोसपाका नेता अफताब आलम लगायतका नेता तथा कार्यकर्ताको व्यापक उपस्थिति रहेको थियो ।

कार्यक्रम वडा नम्बर २ का नेपाली कांग्रेसका सभापति नेपाली प्रसाद कुशवाहाको अध्यक्षता समपन्न भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद