Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा जनलहर बढ्दै, मतदाता भन्छन् ‘हामी रोड नालाको गफ’मा फस्दैनौँ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज
पर्सा क्षेत्र नम्बर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले मतदातासँगको अन्तरकृयालाई निरन्तरता दिएका छन् ।
सिंहले शुक्रबार वडा नम्बर २४ का मतदातालाई भेट गरेर आफ्ना एजेण्डा राख्दै आउदो निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् ।
मतदाताहरुले अब स्वतन्त्रलाई नै अघि सार्ने भन्दै योग्य, सक्षम उम्मेद्वार सिंह बाहेक अन्य नदेखिएकाले उनकै पक्षमा मतदान गर्ने प्रतिकृया दिए ।
स्थानीय मुकेस साहले दलीय उम्मेद्वारका साथै केही स्वतन्त्र भन्दै हिँडेका उम्मेद्वारबाट क्षेत्रको समग्र विकास हुन नसक्ने आफूले देखेको भन्दै त्यसका लागि सिंह एक मात्रै विकल्प रहेको बताए ।
उनले भने, ‘पहिले जितेर गएकाहरुको काम पनि हामीले हेरिसकेका छौँ, उनको भुलभुलैया गफमा हामी पर्दैनौँ, तपाईलाई जिताउने अभियानमा हामी सँगसँगै हिँड्न तयार छौँ ।’
रोड, नाला भन्ने कुरा विकासको चरणमा हुँदै जाने कुरा भएको भन्दै उनले समग्र विकासका कुरा गर्ने उम्मेद्वार सिंह मात्रै देखेकाले सबैले उनलाई साथ दिनुपर्ने बताए ।
‘रोड, नाला जस्ता भौतिक निर्माण भन्ने कुरा त विकासको चरणमा हुँदै जाने कुरा हो, तर त्यस ठाउँको शिक्षा, स्वास्थ्य तथा स्वरोजगारको सवालमा के काम भयो त भन्ने कुरा महत्वपूर्ण हो,’ उनले भने, ‘यो समग्र विकासको एजेण्डासहित आएका उम्मेद्वार सिंहलको पक्षमा सबैले मतदान गरौँ ।’
स्थानीय मतदाताको सुझाव र सल्लाह बमोजिम नै आफू अघि बढ्ने भन्दै उम्मेद्वार सिंहले त्यसका लागि अहिले चुनावमा साथ दिएर सहयोग गर्न सबैलाई आह्वान गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सामाजिक ऐक्यबद्धताको अनुपम उदाहरण : वीरगञ्ज लेडिज सर्कलको सामूहिक विवाहमा ११ जोडी एकैसाथ वैवाहिक बन्धनमा
धर्म

सामाजिक ऐक्यबद्धताको अनुपम उदाहरण : वीरगञ्ज लेडिज सर्कलको सामूहिक विवाहमा ११ जोडी एकैसाथ वैवाहिक बन्धनमा

प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
सहिद परिवारसँग रास्वपा उम्मेदवार हरि पन्तको भेटघाट, जगरनाथपुरमा घरदैलोमा जनसहभागिता
मुख्य समाचार

सहिद परिवारसँग रास्वपा उम्मेदवार हरि पन्तको भेटघाट, जगरनाथपुरमा घरदैलोमा जनसहभागिता

प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद